back

खराब मौसमका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित

वि.सं.२०८१ जेठ ७ सोमवार

240 

shares
RBB AD
NTC AD

कोलम्बो, श्रीलङ्का । तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले बताएको छ ।

केन्द्रका उपनिर्देशक तुसिथा वैद्यरत्नले सोमबार भने, “भारी वर्षा र प्रतिकुल मौसमका कारण सोमबार बिहानसम्म तीन हजार ५१८ परिवारका १० हजार २९९ जना प्रभावित भएका छन् ।”

मौसमी प्रतिकुलताका कारण केही व्यक्ति घाइते भएका र केही घरमा आंशिक क्षति भएको वैद्यरत्नले बताए । घाइतेहरूको उपचारका लागि स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दक्षिणपश्चिम मनसुन सुरु भएको कारण भारी वर्षा र तीव्र हावा आएको जनाउँदै मौसम सुधार हुन अझै केही समय लाग्ने उनले बताए ।

यसैबीच, श्रीलङ्काको केन्द्रीय मौसम विभागले यस हप्ता धेरै जिल्लाहरूमा १०० मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना रहेको बताएको छ ।
सिन्ह्वा

वि.सं.२०८१ जेठ ७ सोमवार १४:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
९२ प्रजातिका चरामध्ये २५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये २५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

चन्द्रकला भण्डारी, झापा । कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन...

‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल क्रिकेट सङ्घ (क्यान) भित्र...