back

अज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित

वि.सं.२०८१ जेठ ८ मंगलवार

309 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

बेलबारी (मोरङ) । अज्ञात समूहले केही दिनदेखि बस्तीमा रहेका परालका माचमा आगो लगाउन थालेपछि मोरङ बेलबारीका स्थानीय किसान आतङ्कित बनेका छन् । गत आइतबार मध्यराति एकै गाउँका पाँच स्थानमा रहेका परालको माचमा आगो लगाइएको थियो । त्यसअघि वैशाख २४ गते राति बेलबारी–९ पोखरियाका रमेश कार्कीको परालको माचमा आगो लागेको थियो ।

स्थानीय सुनिल कार्कीले अन्जानबस कसैले फालेको चुरोटको ठुटोबाट आगलागी भएको अनुमान गरे पनि त्यसपछि अन्य स्थानमा पनि आगलागी हुन थालेपछि जानीजानी आगो लगाएको निष्कर्षमा आफूहरू पुगेको बताए । “बाटो नजिकै माच रहेको हुनाले कसैले फालेको चुरोटको ठुटोबाट आगलागी भएको हुनसक्ने अनुमान थियो तर त्यसपछि गाउँका अन्य व्यक्तिका माचमा पनि निरन्तर आगलागी हुन थालेपछि कसैले जानीजानी आगो लगाएको अनुमान गरेका छौँ,” कार्कीले भने ।

बेलबारी–९ का वडाअध्यक्ष शालिग्राम बस्नेतले कार्कीको माचमा आगलागी भएकै दिन शम्भु आचार्यको करिब ६० बोट केरा र काली माध्यमिक विद्यालय छेउमा रहेको टङ्क पौडेलको बारीबाट मकै काटिएकाले अज्ञात समूहले जानीजानी यस्तो काम गरिरहेको हुनसक्ने बताए ।

फेरि गत शनिबार राति बेलबारी–९ विष्ट चोकमा लोकबहादुर खड्काको परालको माच र बेलबारी–११ का गणेश पराजुलीको गोठमा आगो लागेको प्रहरी चौकी डाँगिहाटका प्रमुख टङ्क दाहालले जानकारी दिए । आगलागीबाट पराजुलीका गाईभैँसी र बाख्रा जलेर क्षति पुगेको उनले बताए । अर्को दिन आइतबार राति ११ः४५ बजे देखि १२ः३० बजेभित्रमा करिब पाँच सय मिटरभित्रका पाँच परालका माचमा आगो लगाइएकाले सुनियोजितरूपमा भएको हो वा अन्य कारणले भन्ने विषयमा अनुसन्धान भइरहेको दाहालले बताए ।

वडाअध्यक्ष बस्नेतले दिएको जानकारीअनुसार पोखरियामा आइतबार राति कालीबहादुर न्यौपाने, नरबहादुर अधिकारी, युवराज बस्नेत, ओमनाथ खड्का, विष्णुमाया बराल र गत साता नलबारीस्थित खेमबहादुर पाण्डे र मानबहादुर पाण्डेको परालको माचमा आगो लागेको थियो ।

आगलागीका घटना नरोकिएपछि टोल विकास समितिमार्फत गस्ती गर्न थालिएको र शङ्कास्पद व्यक्ति भेटिए प्रहरीमा खबर गरिने अध्यक्ष बस्नेतले बताए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले पनि घटनाको अनुसन्धान भइरहेको र स्थानीयसँगको सहकार्यमा प्रहरीले पनि गस्ती सुरू गरेको जानकारी दिए ।

 

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
पालिकाले ३८ वटा विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

पालिकाले ३८ वटा विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

कास्की । माछापुच्छ्रे गाउँपालिकाले ३८ वटा सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा...

अन्नपूर्ण न्युरो अस्पतालले सुरु गर्यो ‘रोबोटिक सर्जरी’ सेवा

अन्नपूर्ण न्युरो अस्पतालले सुरु गर्यो ‘रोबोटिक सर्जरी’ सेवा

काठमाडौँ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरू...

डोल्पामा पिउने पानीको चरम अभाव, महँगोे पानी किनेर खान बाध्य सर्वसाधारण 

डोल्पामा पिउने पानीको चरम अभाव, महँगोे पानी किनेर खान बाध्य सर्वसाधारण 

डोल्पा ।  नदीनाला र मुलको प्रमुख स्रोत भएको जिल्लामै पिउने...

पहिराेले देवीघाट-गल्छी सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

पहिराेले देवीघाट-गल्छी सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

त्रिशूली (नुवाकोट) । अविरल वर्षासँगै खसेको पहिराले गल्छी-रसुवागढी सडक योजनाअन्तर्गतको...

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज शपथ...

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...