back

उपसभापति र महामन्त्री थापामाथिको आरोप प्रमाणित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

वि.सं.२०८१ जेठ ८ मंगलवार

495 

shares
RBB AD
NTC AD

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापामाथि लगाएको आरोप पुष्टी गर्न उपप्रधान तथा गृहमन्त्रीलाई चुनौती दिएको छ ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेले आइतबार पार्टीका उप सभापति गुरुङ र महामन्त्री थापामाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका हुन् ।

‘हाम्रो पार्टीका उसभापति र महामन्त्रीमाथि जसरी आरोप लगाउनु भएको छ, म चुनौती दिन चाहान्छु, सभामुखमार्फत् गृहमन्त्री र सिंगो सरकारलाई, कस्तो खालको टिओआर बनाउने हो बनाउनुहोस् । हाम्रो उपसभापति र महामन्त्रीको नाम किटेरै टिओआरमा लेख्नुपर्ने हो कि व्यक्तिको लेख्नुपर्ने हो कि कांग्रेस पार्टीको लेख्नुपर्ने हो लेख्नुहोस ।’

उनले छानविनको समय पनि लेख्न चुनौती दिँदै छानविनको निष्कर्ष र निचोड उपसभापति र महामन्त्री मात्र होइन, कांग्रेसका को–को लाई कारबाही गर्नुपर्ने हो कारबाही गर्न चुनौती दिए ।

‘मेरो व्यक्तिगत कुरा मात्र होइन । हिँजोमात्र हाम्रो संसदीय दलको बैठकले सार्वजनिक रुपमा गरेको संस्थागत निर्णय हो । म चुनौती दिन चाहान्छु ।’ सांसद पाण्डेले भने ।

उनले राष्ट्रिय सूचना बेच्ने एजेन्ट संसदमा रहेको भन्ने गृहमन्त्रीको भनाईको टिप्प्णी गर्दै त्यस्ता ऐजेन्ट को हो ? भनेर सार्वजनिक गर्नुपर्ने समेत बताए ।

‘उसलाई सदनबाट गलहत्याउन हामी तपाईको साथ दिनेछौं । होइन, निराधार आरोप हो भने, तपाईलाई सदनबाट गलहत्याउन समेत हामी चुक्ने छैनौं ।’ उनले भने ।

 

 

 

 

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

पाटन (ललितपुर) । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले...

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न  आग्रह

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...