back

उत्पादन भएका सामन बेच्न छ घण्टा हिड्ने गर्छन् कञ्चनपुरका जोशी

वि.सं.२०८१ जेठ ८ मंगलवार

297 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

वेदकोट (कञ्चनपुर) । पिठ्यूँको ढोको घरायसी समानले भरिभराउ छ । बाल्टिन र पानी भरिएका केही बोतल त्यसमै छन् । अत्यधिक गर्मीले असिनपसिन । ४९ वर्षीया कृष्णा जोशी कञ्चनपुरको वेदकोट नगरपालिका–८ स्थित रौटेलामा यस्तै अवस्थामा भेटिए ।

उनी डडेल्धुराको परशुराम नगरपालिका–७ मलासबाट कुलुम र अम्रिसोको झाडु बिक्रीका लागि उनी महेन्द्रनगर झरेका हुन् उक्त सामान बिक्री गरेर जम्मा भएको रकमले दैनिक उपभोग्य घरायसी समान किनेर घर फर्किने उनकोे योजना छ । “कुलुम र झाडु बिक्री गरेर रु दुई हजार कमाइयो । त्यो पैसाले नुन, तेल, सोडा, साबुन किनेर घर फर्किदैँ छु”, उनी भन्छन् , “गाउँमा खानेपानीको सुविधा छैन । पानी ल्याउन एक घण्टा हिँड्नुपर्छ । त्यसैले यतैबाट पानी भरेर लैजाँदैछुँ ।” उनले कुलुम प्रतिकिलोग्राम रु ८० देखि एक सयका दरले बिक्री हुने गरेको जानकारी दिए ।

यस्तै अम्रिसोबाट तयार गरिएको झाडु रु ६० का दरले बिक्री हुने गरेको कृष्णाले बताए । मलास सडक सञ्जालसँग नजोडिँदा महेन्द्रनगरसम्म पुग्न झन्डै छ घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिकरूपले विकट यहाँका स्थानीय केरा, आँप, काफल, नासपातीलगायत स्थानीय उत्पादन बिक्रीका लागि महेन्द्रनगर आउने गर्दछन् ।

खानेपानी, विद्युत्, यातायतको सुविधाबाट वञ्चित मलासवासीका लागि यहाँ कुनै ठूला पसल पनि छैनन् । त्यसैले स्थानीय उत्पादन बिक्री गरेर दैनिक उपभोग्य समानको जोहो गरेर लैजाने गरेको मलासकी चन्द्रा धामीले बताए । “गाडी चल्ने बाटो छैन । चुरेको उकालो डाँडा छिचोलेर महेन्द्रनगर पुग्न घण्टौ पैदल हिँड्नुपर्छ,” उनले भने, “सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा ल्याइएको खानेपानी तीन वर्षमात्रै चल्यो । अहिले बिग्रिएपछि एक घण्टा पैदल हिँडेर घट्टे खोलाको पानी पिउनुपर्ने बाध्यता छ ।”

परशुराम नगरपालिकको केन्द्र मानिएको जोगबुढा आउजाउ गर्न तीन दिन लाग्ने गरेको मलासकै ७५ वर्षीय रामबहादुर पुन मगर बताउँछन् । उनी जोगबुढा आउजाउ गर्न धेरै समय लाग्ने हुनाले महेन्द्रनगरको राष्ट्रिय वाणिज्य बैंकबाट वृद्धभत्ता बुझ्ने गर्छन् । “गाउँनजिक बैंक छैन । जोगबुढा आउजाउ गर्न तीन दिन लाग्छ । त्यसैले पायक पर्ने महेन्द्रनगरबाट भत्ता बुझ्ने व्यवस्था मिलाइएको छ । बसोबास गरेदेखि अहिलेसम्म सडक, बिजुली देख्न पाएका छैनौँ । अभावै अभावमा जीवन गुजा¥यौँ । अब हाम्रा सन्तानले पनि यस्तो अभाव झेल्नु नपरोस”, उनले आग्रह गर्दै भने ।

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा

राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा

बाजुरा । अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा...

बाढी र पहिरोका कारण ४८ घर परिवार विस्थापित

बाढी र पहिरोका कारण ४८ घर परिवार विस्थापित

त्रिवेणी (रुकुम पश्चिम) । रुकुमपश्चिममा बाढीपहिरोका कारण हालसम्म ४८ घर...

बाढीबाट विद्यालय भवन जोगाउनै सकस

बाढीबाट विद्यालय भवन जोगाउनै सकस

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–५ इमलियामा रहेको गणेश माध्यमिक विद्यालय भवनलाई...

खोलाले बगाउँदा एक जनाको मृत्यु

खोलाले बगाउँदा एक जनाको मृत्यु

त्रिवेणी (रुकुमपश्चिम) । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा...

पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै लेखापाल चौधरी

पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै लेखापाल चौधरी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिक...

कोरोनादेखि बन्द भएको तिङ्करनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

कोरोनादेखि बन्द भएको तिङ्करनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

दार्चुला । नेपाल–चीन सीमानाका तिङ्कर आवागमनका निम्ति खुलेसँगै सिमाक्षेत्र वरपर...