back

ओलम्पिक छनोटका लागि नेपाली बक्सिङ टोली बैङ्कक जाँदै

वि.सं.२०८१ जेठ ८ मंगलवार

156 

shares
RBB AD
NTC AD

काठमाडौँ । बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली भोलि थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।

यही जेठ ११ देखि २१ गतेसम्म हुने प्रतियोगितामा दुई पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३ दशमलव पाँच केजीमा प्रकाश इजम लिम्बूले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी, महिला ५४ केजीमा अन्जनी तेलीले खेल्नेछिन् । प्रशिक्षकमा प्रकाश थापा मगर छन् ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेलगायतले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै टोलीको बिदाइ गरे । सदस्यसचिव घिसिङले खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न आग्रह गरे ।

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

पाटन (ललितपुर) । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले...

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न  आग्रह

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...