back

दश हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

वि.सं.२०८१ जेठ ८ मंगलवार

285 

shares
RBB AD
NTC AD

त्रिवेणी(रुकुम पश्चिम) । रुकुम पश्चिममा करिब १० हजार बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभि खोप लगाउने गरी अभियान सञ्चालन हुँदैछ । यही जेठ १३ गतेदेखि २६ गतेसम्म जिल्लाभरमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी कालिबहादुर ओलीले जिल्लाभरका करिब १० हजार बालबालिकालाई खोप लगाउने लक्ष्यसहित दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिए । पहिलो चरणमा यही जेठ १३ गते देखि १८ गतेसम्म चौरजहारी नगरपालिका र त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिका तथा मुसीको र आठबीसकोट नगरपालिकासहित पाँच पालिकामा जेठ २० गते देखि २६ गतेसम्म एकैसाथ खोप अभियान सञ्चालन हुने उनले बताए ।

विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन दुई सय ९३ खोप केन्द्र तोकिएका छन् । अभियानमा दुई सय ७८ खोप कार्यकर्ता र चार सय महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने छन् ।
रासस/फाइल फोटो

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
‘श्रमाधान रोजगार मेला’ मा छब्बीस सय बढीले दिए आवेदन

‘श्रमाधान रोजगार मेला’ मा छब्बीस सय बढीले दिए आवेदन

कैलाली । यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित...

कक्षा १० मा अध्ययनरत नेपालीको ‘फोटोग्राफी’बाट मनग्ये आम्दानी

कक्षा १० मा अध्ययनरत नेपालीको ‘फोटोग्राफी’बाट मनग्ये आम्दानी

भजनी (कैलाली) । जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले...

कक्षा १० मा पढिरहेका नेपालीले ‘फोटोग्राफी’बाट मनग्ये आम्दानी गर्दै

कक्षा १० मा पढिरहेका नेपालीले ‘फोटोग्राफी’बाट मनग्ये आम्दानी गर्दै

भजनी (कैलाली) । जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले...

कैलालीका किसानलाई चैते धान भित्र्याउने चटारो

कैलालीका किसानलाई चैते धान भित्र्याउने चटारो

घोडाघोडी (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिका–८ का बुुझाउन चौधरीलाई हिजोआज...

कैलालीमा दलहनबालीको उत्पादनमा वृद्धि

कैलालीमा दलहनबालीको उत्पादनमा वृद्धि

गोदावरी (कैलाली) । कैलालीमा गत वर्षको तुलनामा यस वर्ष दलहनबाली...

प्राथमिक तह मात्रै अध्ययन गरेकी कौशिला शवगृहको काममा भने सक्रिय

प्राथमिक तह मात्रै अध्ययन गरेकी कौशिला शवगृहको काममा भने सक्रिय

महेन्द्रनगर (कञ्चनपुर) । मृत शरीरको चिरफारदेखि सिउने कामसम्म महिलाले गर्छन...