back

मधुसुदन ओझाको उपचारका लागि खर्च जुटाउँदै अभियान

वि.सं.२०८१ जेठ ८ मंगलवार

1.8K 

shares
RBB AD
NTC AD

काठमाडौँ । कोरियाका नेपालीहरुबीच परिचित मधुसुदन ओझा यतिबेला आईसीयुमा उपचाररत छन् । श्रमिक प्रवासीको हक अधिकारको पक्षमा लड्दै आएको संस्था ‘प्रवासी श्रमिक युनियन’ को महासचिवसमेत रहेका ओझा यतिबेला उपचाररत छन् । कोरियाको लामो बसाई पछि गतबर्ष स्वदेश फिर्ता भएका ओझाको केहि दिन अघि दुवै मृगौला र कलेजो खराब भएर कैलाली सेती प्राबिधिक अस्पतालमा अचेत अवस्थामा आईसीयुमा रही उपचार भईरहेको छ ।

कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका ३ का स्थाई बासिन्दा ओझा कोरियाको बसाई पछी गत बर्ष स्वदेश फिर्ता भएका थिए । श्रमिक योद्धाका रुपमा उनले प्रवासी श्रमिकको हक अधिकार र उनीहरुले भोगी रहेको शोषण, भेदभाव लगायतको विरुद्द सशक्त गतिबिधि गर्दै आएका थिए ।
डाक्टरको अनुसार उनको उपचार गर्न अन्यत्र ठूलो अस्पतालमा लानु पर्ने र उपचार खर्च ४० लाख रुपैयाँ भन्दा माथि लाग्ने छ । उनको उपचारका लागि त्यत्ति ठूलो रकम परिवारले जोहो गर्न नसक्ने हुँदा मधुसुदन ओझा उपचार संकलन अभियान संकलनमार्फत सहयोग रकम संलकन सुरु गरिएको छ । प्रवासी श्रमिक युनियनका अध्यक्षसमेत उदय राईको पहलमा गठन गरिएको उक्त अभियानमा विभिन्न देशमा रहेका नेपालीहरुले रकम सहयोग गरिरहेका छन् ।

‘कोरियामा काम गरेर गए पनि धेरै पैसा नकमाएको, कमाएको पनि घर खर्च लगायतमा खर्च भएको परिवारमा कसैको पनि आम्दानीको श्रोत नभएकोले हाल उपचार खर्च अभाब भएकोले उपचारको लागी अन्य अस्पतालमा लान पनि नसकी रहेको अवस्था भएकोले उनको उपचार खर्चकोलागि कोरियामा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनिहरुमा सकेको आर्थिक सहयोग गरी दिनु हुनको लागि एमटियु लगायतबाट हार्दिक अनुरोध गर्दछौं ।’ सहयोगका लागि अपिल गर्दै राई भन्छन् ‘तपाइँहरुको सानो सहयोगले बिरामी मधुसुधन ओझाले नया जीवन प्राप्त गर्नु सक्नु हुनेछ । सबैले बिरामी मधुसुधन ओझालाई एक पटक सम्झिदिन अनुरोध छ ।’

सहयोग गर्न चाहनेहरुले  बैंक खाता नम्बर 114112122961 NH bank Udaya bahadur Rai जम्मा गर्न सक्नेछन् । रकम जम्मा गरेपछि रसिद पठाई दिनसमेत अनुरोध गरिएको छ । सो अभियान जुन २ सम्म संचालन गरिने पनि राईले बताए ।

सम्पर्क नम्बर :उदय बहादुर राई ०१०-५६७५-२०११ .
दिल मडै :०१०-७७६७- ८९५९.
आनन्द लामा ०१०-४६९८-८०१८.
लाल साउद: ०१०-५८५६-७८६४ .
गोदावरी ओझा ,९८६८४९१४५१ परिवार .नेपाल
थप जानकारीका लागि यी व्यक्ति तथा नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ ।

 

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

पाटन (ललितपुर) । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले...

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न  आग्रह

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...