back

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ

वि.सं.२०८१ जेठ ८ मंगलवार

378 

shares
RBB AD
NTC AD

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया पक्राउ परेका छन् ।

सिरोहियालाई मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले थापाथलीस्थित कान्तिपुर मिडियाको कार्यालयबाटै पक्राउ गरेको हो ।

सिरोहियामाथि फरक–फरक नम्बरका नागरिकता प्रयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय धनुषामा बैशाख १६ गते किटानी जाहेरी दिएका थिए ।

नागरिकता सम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले मंगलबार आदेश दिएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले कार्यालयमै पुगेर पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका सिरोहियालाई मंगलबार नै जनकपुर लगिएको छ ।

उनीमाथि नागरिकता ऐन २०६३ अनुसारको कसूरमा छाननि गर्न मागि गरिएको थियो ।

पक्राउ पछि सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारीको रकम अपचलन गरेको समाचार प्रकाशन गरिएपछि प्रतिशोध साध्न आफुलाई पक्राउ गरिएको प्रतिक्रिया दिएका छन् ।

 

 

 

 

वि.सं.२०८१ जेठ ८ मंगलवार २०:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

पाटन (ललितपुर) । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले...

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न  आग्रह

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...