back

चितवनको बस्तीमा पसेको बाघ नियन्त्रणमा

वि.सं.२०८१ जेठ ८ मंगलवार

306 

shares
RBB AD
NTC AD

चितवन । चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ । भरतपुर महानगरपालिका–२८ अन्द्रौलीको मकैबारीबाट बाघलाई आज नियन्त्रणमा लिइएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार अन्दाजी दुई वर्ष ६ महिनाको पोथी बाघलाई खोरमा पारेर नियन्त्रणमा लिइएको हो । बाघले निकुञ्जबाट बाहिर निस्किएर दुःख दिन थालेपछि नियन्त्रणमा लिइएको हो । डार्टको प्रयास असफल भएपछि खोरमा बाख्रा राखि बाघलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

प्रमुख संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जका पशु चिकित्सक, पाँच हात्ती, नेपाली सेना, कर्मचारी र स्थानीयको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको हो । बाघलाई अहिले सौराहामा राखिएको छ ।फाइल फोटो

 

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

पाटन (ललितपुर) । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले...

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न  आग्रह

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...