back

कर्मचारी कार्यक्षेत्रमा परिचालित

वि.सं.२०७४ वैशाख २८ बिहीवार

387 

shares
GLOBAL IME AD
NTC AD

२८ वैशाख, जुम्ला। यहाँका ७६ मतदानस्थल तथा ८७ मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी परिचालित गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सबै मतदान केन्द्रमा कर्मचारी खटाएको हो । प्रत्येक मतदान केन्द्रमा पाँचदेखि आठजना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो ।

“पाँच सयभन्दा कम मतदाता भएको मतदान केन्द्रमा एक कार्यालय सहयोगी र दुई स्वयंसेवक खटाएका छौँ, त्यसभन्दा बढी मतदाता भएको ठाउँमा एक/एकजना थप गरेका छौँ,” उहाँले भन्नुभयो । बुधबार मात्र ६२५ कर्मचारी कार्यक्षेत्रमा परिचालित गरिएको न्यौपानेले बताउनुभयो । उनीहरुलाई ९० प्रकारका निर्वाचन सामग्रीसहित कार्यक्षेत्रमा पठाइएको छ ।

प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले प्रत्येक मतदान केन्द्रमा छ म्यादी प्रहरी र पाँच प्रहरीसहितको सुरक्षा टोली खटाइएको बताउनुभयो । जिल्लामा ४१५ म्यादी र ४८६ प्रहरीसहितको टोली परिचालित गरिएको छ ।

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीले जुम्लाका आठ स्थानीय तहमा अति संवेदनशील गाउँपालिकामा ३० र संवेदनशील गाउँपालिकामा २० सशस्त्र प्रहरी खटाइएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सबै कर्मचारी आफ्नो कार्यक्षेत्रमा पुगिसकेको र शान्ति सुरक्षाको अवस्था मजबुत र सन्तोषजनक रहेको बताउनुभयो । रासस

वि.सं.२०७४ वैशाख २८ बिहीवार ०१:३६ मा प्रकाशित

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

दमौली (तनहुँ) । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

लुम्बिनी (मर्चवार) । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार...

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...