back

घाइते बुढाथोकीको स्वास्थ्यमा केही सुधार

वि.सं.२०७४ वैशाख २८ बिहीवार

423 

shares
IME Limited
NTC AD

 

२८ वैशाख, काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका–२ जुँगु दहवारीमा भएको झडपमा घाइते भएका दिलबहादुर बुढाथोकीको स्वास्थ्य अवस्थामा केही सुधार आएको छ ।

मङ्गलबार राति नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच भएको झडपमा घाइते भएका एमाले कार्यकर्ता बुढाथोकीको स्वास्थ्यमा सुधार आएको नेकपा (एमाले) प्रदेश सम्पर्क कमिटी–३ का संयोजक श्यामकुमार बस्नेतले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहनुभएका बुढाथोकीको स्वास्थ्य अवस्था बुझ्न नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवालीलगायत नेता बुधबार अस्पताल पुग्नुभएको थियो । बुढाथोकीलाई उपचारका लागि बुधबार यहाँ ल्याइएको हो ।

महासचिव पोखरेलले चुनावी प्रचारका क्रममा जघन्य अपराधको घटना भएकोप्र्रति घोर निन्दा गर्दै उहाँको स्वास्थ्य उपचार खर्च र दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

घाइते बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको छ । झडपमा घाइते एमालेका कार्यकर्ता कुलबहादुर तामाङको उपचारका क्रममा ज्यान गएको थियो । रासस

वि.सं.२०७४ वैशाख २८ बिहीवार ०१:३८ मा प्रकाशित

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

म्याग्दी । नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन...

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रपुर (रौतहट) । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय...