back

गाउँपालिकाद्वारा उद्यमीलाई बीउ पुँजी प्रदान

वि.सं.२०८१ जेठ १२ शनिवार

222 

shares
RBB AD
NTC AD

पर्वत । पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र लघु तथा घरेलु उद्यम सञ्चालन गरेका उद्यमीलाई रु एक/एक लाखका दरले बीउ पुँजी उपलब्ध गराएको छ ।

गाउँपालिकाले सञ्चालन गरेको ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत नौ वटा वडामा एक/एक जना उद्यमीका दरले घुम्ती कोषमार्फत रु नौ लाख अनुदान उपलब्ध गराएको हो ।

विभिन्न प्रकृतिका उद्यमको वर्गीकरण गरी छनोट भएका उद्यमीलाई जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले घुम्ती कोषबापतको रकम वितरण गरे । वडा विकास कार्यक्रमले टोल विकास संस्थाका सदस्यलाई आत्मनिर्भर बनाउन तथा आर्थिकस्तर वृद्धि गर्न घुम्ती कोष परिचालन गरी सहयोग गरेको उनले जानकारी दिए ।

वडा नं १ का सन्तु दर्जीले बाख्रापालन, वडा नं २ साम्मारेका दुर्गाबहादुर सुनारले आरन व्यवसाय, वडा नं ३ का पवित्रा कुमारी उपाध्याय पौडेलले स्टेशनरी, वडा नं ४ का लक्ष्मी गिरीले बाख्रापालन र वडा नं ५ का मिना सुवेदीले तरकारीखेती र पसल सञ्चालन गर्न घुम्ती कोषको रकम पाएको अध्यक्ष आचार्यले जानकारी दिए ।

वडा नं ६ की उजेली सार्कीले भैँसीपालन, वडा नं ७ का पूर्णे दमाईंले तरकारीखेती, वडा नं ८ का नन्दराम पाध्याले पशुपालन र वडा नं ९ का दुलबहादुर पुर्जाले फलफूल तथा तरकारीखेतीका लागि रकम प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।

सहुलियत ब्याजदरमा बिनाधितो प्राप्त गरेको घुम्ती कोषको रकम अवधि पुगेपछि टोल विकास संस्थालाई फिर्ता गर्नुपर्नेछ । असल उद्यमी निर्माण तथा उद्यमशीलताको विकास गर्ने, भौतिक पूर्वाधारका काममा गुणस्तर कायम गर्ने, कृषि तथा पशुजन्य उत्पादनमा आत्मर्निभर बनाउने, युवाको विदेश पलायनमा न्यूनीकरण गरी रोजगारीका अवसर सिर्जना गर्नेलगायत उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष आचार्यले बताए ।

पर्यटन व्यवसायलाई प्रभावकारी बनाउन र गरिबी न्यूनीकरण गर्ने उद्देश्यले घुम्ती कोष परिचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले बताए । उनका अनुसार चालु आर्थिक वर्षदेखि सुरु भएको कार्यक्रम हरेक वर्ष फरकफरक उद्यमीलाई प्रदान गरिने योजना रहेको छ ।

पालिकाभित्रै व्यावसायिकरुपमा गरिने फलफूल, तरकारी उत्पादन, पशुपक्षीपालन, घरेलु औजार तथा उपकरण निर्माण गरी स्वरोजगारमूलक काम गरिरहेका उद्यमीको प्रोत्साहन हुनुका साथै यस क्षेत्रमा लाग्न चाहने युवालाई पनि प्रेरणा मिल्ने प्रशासकीय अधिकृत आचार्यको भनाइ छ । पालिकाले यसअघि एकल वा हलगोरु पाल्ने तथा स्थानीय जातका गाईगोरु संरक्षण गर्ने कृषकलाई पनि अनुदान उपलब्ध गराउँदै आएको छ ।
रासस/फाइल फोटो

वि.सं.२०८१ जेठ १२ शनिवार १४:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

चन्द्रकला भण्डारी, झापा । कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन...

‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल क्रिकेट सङ्घ (क्यान) भित्र...