back

नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

वि.सं.२०८१ जेठ १३ आइतवार

474 

shares
RBB AD
NTC AD

काठमाडौँ । नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजार चार सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्कक भएको अर्थमन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, चार हजार आठ सय ८३ दन्त चिकित्सक र १० हजार पाँच सय ८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् । जसमध्ये पुरुष ६४ दशमलव एक र महिला ३५ दशमलव नौ प्रतिशत छन् ।

सोही अवधिमा एक लाख २२ हजार तीन सय १३ विभिन्न श्रेणीका नर्स नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन् । सर्वेक्षणका अनुसार नेपालमा प्रतिहजार जनसङ्ख्यामा एक दशमलव २० चिकित्सक र दुई दशमलव ८३ नर्स छन् । यो विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी हो ।

यस्तै, २०७९ फागुनसम्म डाक्टर, नर्स, अनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयं सेविकासमेत गरी एक लाख २ हजार ६ सय ८६ स्वास्थ्यर्की सरकारी सरकारी सेवामा आवद्ध छन् । चालु आर्थिक वर्षको फागुनसम्ममा सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट अन्तरङ्ग, बहिरङ्ग र आकिस्मक सेवा गरी चार करोड ६० लाख ५६ हजार पटक सेवा प्रवाह भएको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सेवा २ करोड ८८ लाख पटक भएको थियो ।

नेपालमा आठ सय ४९ विदेशी नर्स कार्यरत रहेको तथ्याङ्कले देखाएको छ । २०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा एक लाख २२ हजार ३ सय १३ नर्स दर्ता भएकामा विदेशी नर्सको सङ्ख्या आठ सय ४९ रहेको सर्वेक्षणमा उल्लेख छ । जसमध्ये एक हजार पाँच सय ७ विशेषज्ञ नर्स, ३७ हजार चार सय २० अनमी, ६६ मिडवाइफ छन् ।

 

वि.सं.२०८१ जेठ १३ आइतवार २०:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने

प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने

गलकोट (बागलुङ) । बागलुङको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगमी आर्थिक...

वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने

वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने

काठमाडौं । वीर अस्पतालमा ब्रेन ट्युमरका विरामीको निःशुल्क शल्यक्रिया गरिने...

महानगरद्वारा असहाय बिरामीको निःशुल्क उपचार गर्न ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित

महानगरद्वारा असहाय बिरामीको निःशुल्क उपचार गर्न ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क...

कोरोना भाइरसविरुद्धको खोप ल्याइँदै

कोरोना भाइरसविरुद्धको खोप ल्याइँदै

काठमाडौँ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप...

पूर्णखोप पालिका बन्यो जनकनन्दिनी

पूर्णखोप पालिका बन्यो जनकनन्दिनी

जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको...

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ सङ्क्रामक तर कम घातक

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ सङ्क्रामक तर कम घातक

काठमाडौँ । नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट...