back

समाजसेवी भण्डारीद्वारा रु ११ लाखको अक्षयकोष

वि.सं.२०७४ वैशाख २८ बिहीवार

408 

shares
GLOBAL IME AD
NTC AD

२८ वैशाख,धनगढी  । समाजसेवी बद्रीनाथ भण्डारीले बुधबार यहाँ आयोजित आफ्नो ९२औँ जन्मोत्सवका अवसरमा रु ११ लाखको अक्षयकोष खडा गर्नुभएको छ ।

अक्षयकोषवाट प्राप्त हुने ब्याज रकमबाट कला, साहित्य र संस्कृतिको संरक्षणमा योगदान दिने एकजना साहित्यकारलाई हरेक वर्ष पुरस्कृत गर्ने उद्देश्य रहेको जनाइएको छ ।

पुरस्कारको राशि रु एक लाख ११ हजार १११ तोकिएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित समारोहमा समाजका संस्थापक अध्यक्ष यज्ञराज यात्रीले पुरस्कार स्थापना गरेर समाजसेवी भण्डारीले समाजका लागि ठूलो गुन लगाउनुभएको बताउनुभयो ।

सो अवसरमा समाजसेवी भण्डारीले सामाजिक कामका लागि आ–आफ्ना तर्फबाट सबैले योगदान दिन सक्नुपर्ने बताउनुभयो । समाजका अध्यक्ष रामलाल जोशीको सभापतित्वमा समारोह भएको थियो ।

धनगढी उपमहानगरपालिका–२ निवासी भण्डारीले यसअघि शिक्षालगायत क्षेत्रमा समेत योगदान दिनुभएको छ । रासस

वि.सं.२०७४ वैशाख २८ बिहीवार ०३:३२ मा प्रकाशित

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका...

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि २०८० फागुन...

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ...

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले...

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी...

बेनी-जोमसोम-कोरला सडकखण्डमा ८५ प्रतिशत काम सम्पन्न

बेनी-जोमसोम-कोरला सडकखण्डमा ८५ प्रतिशत काम सम्पन्न

मुस्ताङ । उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला...