back

पाँचसयभन्दा बढी शिक्षक र कर्मचारी खटिए

वि.सं.२०७४ वैशाख २८ बिहीवार

150 

shares
NTC AD
Global IME AD

२८ वैशाख, बाबियाचौर (म्याग्दी)  । आइतबार हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका सबै मतदान केन्द्रमा बुधबारदेखि कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् ।

प्रत्येक मतदान केन्द्रमा पाँचजनाका दरले कर्मचारी, दुईजना स्वयम्सेवकका साथै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र म्यादी प्रहरी परिचालन भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ५१० जना निजामती कर्मचारी र शिक्षक मतदान गराउनका लागि खटिएका छन् ।

निर्वाचनसम्बन्धी सबै किसिमका सामग्रीसहित केन्द्रमा पुगेका कर्मचारी र सुरक्षाकर्मीले निर्वाचनको तयारी गरेका जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो । उहाँका अनुसार बिहीबारदेखि मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्ने कार्यक्रम छ ।

एक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, एक सहयोगी र दुईजना स्वयम्सेवक परिचालन गरेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन विशेष सुरक्षा योजना लागू गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेराको सुरक्षामा नेपाली सेना परिचालन हुने भएको छ । मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील वर्गमा विभाजन गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताउनुभयो । म्यादी प्रहरीले लाइन र भीड व्यवस्थापनको काम गर्ने भएका छन् ।

यसैबीच, मतदान गर्नका लागि गाउँ फर्कनेको सार्वजनिक सवारीसाधनमा चाप बढेको छ । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँमा बस्दै आएका सर्वसाधारण आफ्नो नामावली रहेको ठाउँबाट मतदान गर्नका लागि गाउँ फर्कने क्रम बढेको हो ।

पहिलो पटक हुन लागेको स्थानीय तह निर्वाचनको पर्व झैँ रौनक देखिएको छ । अधिकारसम्पन्न स्थानीय तहमा जनप्रतिनिधि चयन गर्नका लागि हुन लागेको निर्वाचनप्रति आम सर्वसाधारणको चासो र उत्सुकता बढेको छ । रासस

वि.सं.२०७४ वैशाख २८ बिहीवार ०३:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
टेलिफोन सेवा एक सातापछि सञ्चालनमा

टेलिफोन सेवा एक सातापछि सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा...

अन्तत : सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री पद नेकपा एसको पोल्टामा

अन्तत : सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री पद नेकपा एसको पोल्टामा

काठमाडौं । गठबन्धनभित्रै लामो रस्साकस्स्सीपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पद नेकपा...

सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोला कतिमा हुदैँ छ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोला कतिमा हुदैँ छ कारोबार ?

काठमाडौँ । आज नेपाल बजारमा सुनको मूल्यले नयाँ रेकर्डलाई निरन्तरता...

समितिद्वारा पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

समितिद्वारा पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री...

तीन हजार भन्दा बढी रासायनिक मल काठमाडौँ ढुवानी

तीन हजार भन्दा बढी रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा (सिन्धुपाल्चोक) । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार...

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना...