Logo
१२ माघ २०७८, बुधबार
     Wed Jan 26 2022
E-paper
  English Edition
   Unicode
Logo

अस्ट्रेलियामा रहेका नेपालीद्वारा आर्थिक सहयोग



२८ वैशाख, सुरुङ्गा (झापा)  । दुवै मिर्गौलाले काम गर्न छाडेर थलिएका झापाको भद्रपुर नगरपालिका–८ निवासी प्रमिन कोइरालालाई अस्ट्रेलियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

कोइरालाको उपचारका लागि भद्रपुर घर भई हाल अस्ट्रेलिया बस्दै आएका नेपालीले रु एक लाख ३७ हजार आर्थिक सहयोग गरेका हुन् । विगत १० वर्षयता मिर्गौला रोगबाट पीडित बनेका ३३ वर्षीय कोइरालालाई रमेश पोखरेलको अगुवाइमा रकम सङ्कलन गरेर उनको परिवारलाई बुधबार हस्तान्तरण गरिएको छ ।

पत्रकार उपचार कोषलाई सहयोग

यसैगरी, समाजसेवी डिल्ली प्रसाईंले पत्रकार सहारा उपचार कोषका लागि रु २५ हजार १६५ रुपैयाँ सहयोग गर्नुभएको छ । बिर्तामोड नगरपालिका–५ महानन्द चौक निवासी प्रसाईंले बुधबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष रु एक करोडको बनाउने लक्ष्य लिएको छ ।

कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासङ्घका सहसचिव एवम् कोषका सचिव केशव भट्टराईले बताउनुभयो । प्रसाईंले आफ्नो तर्फबाट केही समयभित्रै कोषमा थप रकम प्रदान गरेर रु ५१ हजार पु¥याइदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सरकारी काममा सर्वसाधारणले कतिसम्म सास्ती पाउँछन् भन्ने कुरा चितवनका जोन कँडेलले पाएको सास्तीले देखाएको

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके