back

शिक्षामा यत्ति काम गरौं त निजी विद्यालय आफै बन्द हुन्छन्

वि.सं.२०८१ जेठ १६ बुधवार

1.6K 

shares
RBB AD
NTC AD

महँगो पैसा तिर्न कसैलाई रहर हुदैन । सार्वजनिक विद्यालय/ क्याम्पसले गति छाडेर नै मानिसहरूको आकर्षण निजिमा भएको हो । नेपालमा दुई थरि शैक्षिक संस्थाले दुई थरि जनशक्ति उत्पादन गर्छ्न । २०४६ साल अगाडिसम्म औलामा गन्न सकिने निजि शैक्षिक संस्था बढेर सात हजार बढी भएको अनुमान छ । त्यसमा २० लाख बढि विद्यार्थी अध्ययन गर्छन ।

बहुदलीय ब्यवस्थाको पुनर्स्थापनासगै देशमा निजि क्षेत्रको प्रबेश शिक्षा लगायत अरु क्षेत्रमा भयो । एकथरी मानिस निजि शैक्षिक संस्थालाई गाली गर्छन् । गाली गरेर थाक्दैनन् । महँगो शुल्क लिने, किताबको भारी बोकाउने, हरेक बर्ष भर्नाको नाममा थप शुल्क लिने, घोकन्ते शिक्षा दिने भनेर आलोचना गर्छन् । सकि नसकी तिनीहरू नै निजि (बोर्डिङ) मा छोराछोरी भर्ना गराउछन् । छोराछोरी निजिमा पढाउनु बाध्यता हो भन्छन् । कतिपयलाई निजि शैक्षिक संस्थामा पढाउन पाउनु  गौरब र प्रतिष्ठाको बिषय हुन्छ । अभिभावक छोराछोरी अङ्ग्रेजी बोल्छ्न । अनुशासित छन् । धेरै बोल्दैनन आदि आदि…।

निजि स्कुलका संचालकले घर–घरबाट थुतेर भर्ना गर्न लादैनन् । विद्यार्थी आएनन वा विद्यार्थी भर्ना भएनन भने निजि शैक्षिक संस्था आफै बन्द हुन्छन् । त्यत्ति कुरा किन नबुझेको ?

धनिहरु आफ्ना छोराछोरीलाई सकेसम्म महँगो बिद्यालय/ कलेजमा भर्ना गर्छन् । सार्वजनिक शैक्षिक संस्थामा पढायो भने गरिब र तल्लो बर्गकासँग संगत हुन्छ । भबिष्यमा राम्रा साथीहरू बनाउन सक्दैनन । समाजमा हैसियत मापन कुन स्कुल/कलेजमा छोराछोरी पढाएको छ भन्नेबाट हुन्छ । सरकारीमा पढाउनेलाई खिसी टिउरी गर्नेहरुको जमात कम छैनन् । सरकारी क्याम्पस /विद्यालयमा राजनीति हुन्छ । शिक्षकहरु पढाउदैनन् । अल्छि छन् । विद्यार्थीलाई केयर गर्दैनन त्यसैले निजिमा पढाउनु एकातिर बाध्यता हो भने अर्कातिर सामाजिक प्रतिष्ठाको बिषय पनि हो ।

बास्तबमा सार्वजनिक विद्यालय/कलेज आलोचनाबाट मुक्त छैनन् । साच्चिकै शिक्षकहरु राजनीति गर्छन् । ब्यवस्थापन समितिको चुनावमा पार्टीको चुनाव जस्तै निर्वाचन हुन्छ । सरकारी विद्यालय/क्याम्पस राजनीति गर्ने अखडा नै हुन् । शिक्षक पार्टीका बफादार सिपाही हुन् । सार्वजनिक स्कुलहरु शिक्षकबाट र सार्वजनिक क्याम्पसहरु शिक्षक –विद्यार्थी तथा कर्मचारीको त्रि–पक्षिय राजनीतिले थलिएका छन् । शिक्षकहरु पढाउने/ सिकाउने कामलाई भन्दा अरु कुरालाई महत्व दिन्छन् । क्याम्पसका विद्यार्थी नेताको कुरा गरि साध्य हुदैन ।

शिक्षकहरुले आफुलाई सरकारी जागिरेका रुपमा लिन्छन् । कसैले आफ्नो जागिरमा घुन पुत्ली लगाउन सक्दैन भन्ने ठान्छन् । विद्यार्थीको भबिष्यप्रति कुनै जिम्मेवारी लिदैनन । यी कारणले पनि सकि नसकी अभिभावकहरु निजि विद्यालयमा/ कलेजमा छोराछोरी पढाउने गर्छन् । शुल्क महँगो भनेर गुनासो गर्न पनि छोड्दैनन । निजि स्कुल/कलेजलाई शैक्षिक माफिया, दलालको आरोप लगाउछन् । तर कहिल्यै सार्वजनिक विद्यालय/क्याम्पस राजनीति मुक्त हुनुपर्छ भनेर दबाब सिर्जना गर्दैनन् । सार्वजनिक स्कुल/ कलेज सुधारिनु पर्छ भनेर आवाज उठाउदैनन् । निजिलाई गाली गर्नुको सट्टा सार्वजनिक विद्यालय/क्याम्पस सुधारेर आफ्ना छोराछोरी त्यही पढाए हुन्न ? सुधारका लागि नारा जुलुस गरे हुन्न ?

निजि स्कुलका संचालकले घर–घरबाट थुतेर भर्ना गर्न लादैनन् । विद्यार्थी आएनन वा विद्यार्थी भर्ना भएनन भने निजि शैक्षिक संस्था आफै बन्द हुन्छन् । त्यत्ति कुरा किन नबुझेको ? राम्रा सार्वजनिक विद्यालयमा अहिले पनि बोर्डिङ छोडेर विद्यार्थी गएका छन् । विद्यार्थीको चाप धान्न तिनिहरुलाई मुस्किल छ । बुटवलको कालिका र भक्तपुरको मेघा बनाउन कसले रोक्यो ? अरुलाई सत्तो सराप गर्नु भन्दाभन्दै सार्वजनिक शैक्षिक संस्था सुधारे हुन्छ । सार्वजनिक शैक्षिक संस्थामा शुल्क पनि तिर्नु पर्दैन । फाइदै फाइदा । यसो गर्न रोक्यो कसले ?

(लेखक दाहाल, त्रि. वि. मा कार्यरत छन् )

वि.सं.२०८१ जेठ १६ बुधवार १६:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ग्रामीण विकास, मोडेल परिवर्तनको खाँचो

ग्रामीण विकास, मोडेल परिवर्तनको खाँचो

तीनै तहका सरकार मिलेर बस्ती निर्माणको ढाचा तत्कालै परिवर्तन गर्नुपर्छ...

महामारीका रुपमा फैलिँदै तनाव, यसरी गर्न सकिन्छ व्यवस्थापन !

महामारीका रुपमा फैलिँदै तनाव, यसरी गर्न सकिन्छ व्यवस्थापन !

एलपि भानु शर्मा, काठमाडौँ । विश्वका अनेक प्राणीहरुमध्ये मानव जाति...

यी हुन् धितोपत्र माग सिर्जनाका विकल्प

यी हुन् धितोपत्र माग सिर्जनाका विकल्प

अचुतकुमार ओझा काठमाडौँ । नेपालको धितोपत्र बजार सात प्रदेश, ७७...

गणतन्त्रको जनपक्षीय विकासका लागि अर्को आन्दोलनको तयारी गरौं

गणतन्त्रको जनपक्षीय विकासका लागि अर्को आन्दोलनको तयारी गरौं

वरिष्ठ बामपन्थी नेता लोककृष्ण भट्राई लगायत केहि साथीसँगको चिया भेटका...

श्रमिकका सवाल र आगामी बजेट

श्रमिकका सवाल र आगामी बजेट

प्रेमलकुमार खनाल सरकारले संसदको बजेट अधिवेशनमा आगामी आर्थिक बर्षका लागि...

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता

चन्द्रप्रसाद ढकाल औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण...