back
CTIZAN AD

अनुमतिबिना सञ्चालित विद्यालयलाई कारबाही गरिने

वि.सं.२०७४ वैशाख २८ बिहीवार

867 

shares

२८ वैशाख महेन्द्रनगर (धनुषा) । धनुषामा बिनाअनुमति अवैध रुपमा सञ्चालनमा रहेका बोर्डिङ स्कुललाई कारबाही गर्ने तयारी गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय धनुषा, प्याब्सन, एनप्याब्सन, अभिभावक, पुस्तक व्यवसायी सम्मिलित बैठकमा जिल्लामा सञ्चालित बिना अनुमति अवैध रुपमा सञ्चालित बोर्डिङ स्कुललाई शुद्धीकरण गर्ने प्रक्रिया अघि बढाइएको धनुषाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले बताउनुभयो ।

जिशिअ महतोले उक्त बैठकबाट सात दिनभित्र जिल्लामा सञ्चालित निजी विद्यालयमा अनुमति प्राप्त विद्यालयको खोजीकार्य तीव्र बनाउने निर्णय गरिएको बताउँदै जिल्लामा कतिको निजी विद्यालय अनुमति प्राप्त छन्, हामी त्यसको खोजी गरेर कति कक्षासम्म अनुमति प्राप्त गरेको र कति कक्षासम्म सञ्चालन गरेको बारेमा समेत खोजबिन गर्ने निर्णय गरिएको बताउनुभयो ।

बैठकबाट जिल्ला शिक्षा कार्यालय धनुषाबाट अनुमति प्राप्त विद्यालयको अन्तिम नामावली पेस गर्दैै कुनै विद्यालयले प्रमाण जुटाउन तत्कालै नसकेको खण्डमा प्रमाण पेस गर्न समयसीमा दिने निर्णय गरिएको जिशिअ महतोले बताउनुभयो ।

उहाँले कुनै विद्यालयको प्रमाण छुटेमा वा सरोकारवालाले गरेको अनुगमनमा कुनै त्रुटि भएको खण्डमा सच्याउने अवधि दिइने बताउनुभयो ।

यसका साथै अधिकारी महतोले पाठ्यपुस्तकको नाममा पाठ्यपुस्तक विक्रेता, विद्यालयले कमिशनको खेलमा लागेर अभिभावकहरुबाट चर्को शुल्क असुल्ने गरेको जनगुनासो बढेको भन्दै चर्को शुल्क लिने त्यस्तो विद्यालयलाई समेत कारवाहीको दायरामा ल्याउने जनाउनुभयो ।
प्यासबनका अध्यक्ष विश्वलाल सिँहले यो साता जिल्ला विद्यालयहरु अनुगमन गरिने र सरकारको शैक्षिक प्रावधान अनुसार शैक्षिक गुठीमा दर्ता भएपछि मात्र विद्यालय संचालन गर्नुपर्ने रहेको छ, र सो नभएमा विद्यालय अबैद्य मानिने छ ।
प्यावसन अध्यक्ष सिंहको अनुसार जिल्ला भरिमा एक सय बढी विद्यालयहरु अबैद्य हुन सक्छ, जनकपुर उपमहानगरपालिका भित्रै मात्र ३० बढी निजी विद्यालयहरु बिना अनुमति सचालनमा रहेको छ । उहाँले भन्नुभयो –‘त्यस मध्ये १० वटा त यस्तो छ की एक कक्षा सम्मको पनि अनुमति पाएको छैन, तर विद्यालय संचालन गरिरहेका छन् ।’

वि.सं.२०७४ वैशाख २८ बिहीवार १०:१२ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...