काठमाडौं । भिवोर सोसाइटी डेभलपमेन्ट बैंकले बिहिवार आफ्नो नवौं वार्षिक साधारण सभा सफलता पुर्वक सम्पन्न गरेको जनाएकोे छ । लुम्विनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेडलाई गाभ्दै बिकास बैंकको नाम लुम्विनी बिकास बैकवाट देशब्यापी बैकिंग संजाल बिस्तार गरी आफ्नो सेवा सुरु गर्ने अभिप्रायले अघि वढेको पनि बैंकले जारी गरेको विज्ञप्तिमा जनाईएको छ । बैंकको चुक्ता पुँजी गाभिए पश्चात २ अर्व ३७ करोड १८ लाख ७९ हजार ३३६ पुग्नेछ । गाभिए पश्चात कायम हुने चुक्ता पुँजीको १० प्रतिशत (१०ः१) को दरले हकप्रद शेयर समेत निष्काशन गरी नेपाल राष्ट्र बैंकले तोकेको समय सिमाभित्रै आफ्नो चुक्ता पुँजी २ अर्व ५० करोड पु–याउने लक्ष सहित विकास बैंक अगाडी वढीे रहेको जनाएकोछ । हाल बैंकको कुल निक्षेप रु. १५ अर्व ६ करोड र कर्जा रु. १३ अर्व ५६ करोड रहेको छ भने यस आर्थिक वर्षको तेश्रो त्रयमास सम्ममा २२ करोड खुद मुनाफा गर्न सफल भएकोछ । त्यसैगरी, बैकका ४४ शाखा र १२ ओटा एटीएम रहेका छन् । हाल डिल्लीवजारमा केन्द्रियकार्यालय रहेको बिकास बैंकको संचालक समितिको अध्यक्षमा सुशीलराज पराजुली र प्रमुखकार्यकारी अधिकृतमा झलक प्रसाद खनाल रहेका छन भने संचालक समितिका सदस्यमा अशोकराज पाण्डे, डा. रुप ज्योति, हरिप्रसाद रिमाल, राजेशकुमार अग्रवाल र प्रेमराज तिवारी रहनु भएको छ ।
वि.सं.२०७४ वैशाख २८ बिहीवार १२:१९ मा प्रकाशित




























