back

अमेरिका पुगेका डा. सिके राउतले भने–पहिचानमा गर्व गर्नुपर्छ

वि.सं.२०८१ जेठ २१ सोमवार

216 

shares
RBB AD
NTC AD

विजय थापा । अमेरिका पुगेका जनमत पार्टीका अध्यक्ष डा सिके राउत पहिचानबाट भाग्नु नहुने र पहिचानमा गर्व गर्नु पर्ने बताएका छन् ।

उनले अमेरिकामा सन् २००५ मा स्थापित एसोसिएन अफ नेपाली तराईएन इन अमेरिका( एन्टा ) को ७ औ सम्मेलनमा प्रमुख अतिथि रहेका उनले सो कुरा बताएका हुन् ।

एन्टाले अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको स्यानटिली शहरमा आयोजना गरेको सम्मेलनमा डा् राउतले पहिचानको विभेदबाट मुक्ति पाइन्छ कि भन्ने उद्देश्यले विदेश जाँदा पनि त्यसबाट मुक्त नभएको जनाए । विभेद र पहिचानबाट भाग्दा पनि धरै नपाईएको बताए ।
उनले भने, ‘हामी कहाँ पहिचानको समस्या छ । तर जहाँ गए पनि पहिचानको समस्यासंग जुधेका छौं ।’

मन्तब्यकै क्रममा उनले भने, ‘हामी कहाँ पहिचानलाई गौण गरिन्छ । हामी कहाँ भाषा लादिन्छ । पोशाकमा लादिन्छ । हामीलाई इतिहास बिर्साउन लगाईयो ।’ उनले इतिहासको बारेमा मल्ल राजाको प्रशङ्ग ल्याउदै उनीहरु मधेसबाट पहाड गएको इतिहासको चर्चा गरे ।

 

मधेसी हुनुमा सबैले गर्व गर्नुपर्ने र यसमा हिनताबोध गर्नुपर्ने कुनै कारण नभएको बताए ।
उनले अमेरिकामा यत्र तत्र छरिएर रहेका सबै मधेसबाट प्रतिनिधित्व गर्ने सबैलाई पहिचानका बिषयमा अन्तर्राष्ट्रियस्तरमा बचाउनु पर्ने जनाए ।

उनले आफूलाई धेरै पटक अमेरिकाबाट फर्किएको आरोप र चर्चा चल्ने भएकोले उनले स्पष्ट पर्दै भने अमेरिकामा केवल २ बर्ष मात्र बसेको बरु बेलायत र जापान ३ /३ बर्ष बसेको स्पष्ट पारे । उनले पहिचानको अर्को सन्दर्भ कोट्याउदै जोगी भएर भाग्न खोज्दा पनि नसकिएको चर्चा गरे ।
उनले त्यहाँ उपस्थित सबैलाई नेपालको बिकासको लागि सहयोगको अपेक्षा गरेको बताए ।

उनले मन्तब्यकै क्रममा आफ्नो पार्टीको परिचय दिदै पार्टीको धारणा र योजनाका बारेमा प्रकाश पारे । उनले अस्थिरता, भ्रष्टचार र आर्थिक नीतिको चर्चा समेत गरे । उनले समाजबादको छोटो रुपमा ब्याख्या गर्दै गर्दै देशको लागि समाजबाद आउन अहिले नै अवस्था तयार नभएको बताए ।

कार्यक्रमको सुरुवात पानसमा बत्ती बाली सुरु गरिएको थियो भने नेपाल र अमेरिकाको राष्ट्रिय गान बजाईएको थियो । कार्यक्रममा सम्मेलन सभापति डा मृदुला गुप्ताले स्वागत मन्तब्य राखेकी थिइन् ।

कार्यक्रममा एसोसिएन अफ नेपाली तराईएन इन अमेरिका( एन्टा ) का संस्थापक सभापति रतन झाले एन्टा कसरी गठन भएको भन्दै संस्थाको बारेमा परिचय दिएका थिए । उनले प्रमुख अतिथि डा राउतलाई उनको कामबाट उत्प्रेरित र हौसला प्राप्त भएको भन्दै धन्यबाद दिएका थिए । झाले सबैलाई संस्थाको उद्देश्य र ध्येयमा ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

अन्य अतिथिहरुमा क्रमस पत्रकार प्रदिप भट्टराई, एएनएनका अध्यक्ष खगेन्द्र अधिकारी, अजित शाह, प्रा मेदनी अधिकारी, ललित झा, जय शाह, अन्नपूर्ण देव लगायतले मन्तब्य राखेका थिए ।

प्रथम चरणको कार्यक्रम पश्च्यात दोश्रो चरणको सत्रको साथै साँझको सत्रमा नयाँ समितिको घोषणाको साथै सांगीतिक कार्यक्रम समेतको आयोजना हुनेछ । उक्त सम्मेलनको लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट सहभागिता रहेको थियो ।

 

 

वि.सं.२०८१ जेठ २१ सोमवार १३:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उखु किसानले पाए भुक्तानी

उखु किसानले पाए भुक्तानी

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर...

एकीकृत समाजवादीमा एक लाख ५० हजार सङ्गठित सदस्य

एकीकृत समाजवादीमा एक लाख ५० हजार सङ्गठित सदस्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभर एक लाख...

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान परिवेशले सिर्जित समस्या...

पाथीभरा मुकुमलुङमा १६ लाखभन्दा बढी भेटी सङ्कलन

पाथीभरा मुकुमलुङमा १६ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५०...

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

ललितपुर । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका...

असार ३ गते सोमबार सार्वजनिक विदा

असार ३ गते सोमबार सार्वजनिक विदा

काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक विदा दिने निर्णय...