back

एनआरएनए सेसेल्सको आयोजनामा नेपालीहरुको सामुहिक रक्तदान

वि.सं.२०८१ जेठ २१ सोमवार

438 

shares
RBB AD
NTC AD

काठमाडौं । एनआरएनए सेसेल्सले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

जुन २ आइतबार सिसेल्सस्थित भिक्टोरिया हस्पिटल माहेमा सम्पन्न रक्तदान कार्यक्रम सेसेल्समा तेस्रो पटक र माहेमा दोस्रोपटक आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा झन्डै ७० जनाको उपस्थिति रहेको थियो ।

एनआरएनए सेसेल्सको विभिन्न कार्य अन्तर्गत रक्तदान पनि एक हो जस अन्तर्गत गतवर्ष नोभेम्बरमा १९ नोभेम्बर २०२३ मा पहिलोपटक नेपालीहरुले एतिहासिक सामुहिक रक्तदान कार्यक्रम भिक्टोरिया माहेमा दोस्रो चोटी सेसेल्सको दोस्रो ठुलो टापु प्रास्लिनमा २ जनवरि २०२४ र फेरि भिक्टोरिया माहेमा तेस्रो चोटी आयोजना गरेको हो भने अब छिट्टै लादिगमा पनि आयोजना गर्ने योजना रहेको बताइएको छ ।

ठुलो संख्यामा नेपाली कार्यरत गरेका ३ ठुला टापुहरु माहे, प्रास्लिन र लादिगमा प्रत्येक ३ महिनामा रक्तदान कार्यक्रमको आयोजना गरि सकेसम्म सेसेल्समा कार्यरत नेपाली दाजुभाई दिदीबहिनी हरुलाई सहभागी गराउदै रक्तदानको महत्व बुझाउने जमर्को रहेको एनआरएनए सिसेल्सले जनाइएको छ ।

यस कार्यका लागि भिक्टोरिया हस्पिटल परिवारले खुसि व्यक्त गर्दै सेसेल्समा कार्यरत सम्पूर्ण नेपालीहरुलार्ई धन्यवाद व्यक्त गरेको छ ।
यस ऐतिहासिक कार्यक्रम सफलताका लागि प्रत्यक्ष कार्यक्रम स्थलमा उपस्थित भएर अप्रत्यक्ष तथा विभिन्न माध्यमबाट सगहयोग गर्नेहरुलाई एनआरएनए सिसेल्सले धन्यवाद ज्ञापन गर्दै छिटै प्रास्लिनमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिने बताइएको छ ।

 

 

वि.सं.२०८१ जेठ २१ सोमवार १७:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उखु किसानले पाए भुक्तानी

उखु किसानले पाए भुक्तानी

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर...

एकीकृत समाजवादीमा एक लाख ५० हजार सङ्गठित सदस्य

एकीकृत समाजवादीमा एक लाख ५० हजार सङ्गठित सदस्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभर एक लाख...

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान परिवेशले सिर्जित समस्या...

पाथीभरा मुकुमलुङमा १६ लाखभन्दा बढी भेटी सङ्कलन

पाथीभरा मुकुमलुङमा १६ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५०...

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

ललितपुर । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका...

असार ३ गते सोमबार सार्वजनिक विदा

असार ३ गते सोमबार सार्वजनिक विदा

काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक विदा दिने निर्णय...