back

महानगरद्वारा असहाय बिरामीको निःशुल्क उपचार गर्न ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित

वि.सं.२०८१ जेठ २२ मंगलवार

303 

shares
RBB AD
NTC AD

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित भएको छ । कामपाले रहेको निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार अस्पतालले उक्त शय्या विपन्न र असायका लागि छुट्याएका हुन् ।

कामपा स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार विसं २०८० फागुनबाट सुरु गरिएको उक्त सेवाबाट अहिलेसम्मा ७० बिरामी लाभान्वित भइसकेका छन् । यसरी सेवा लिन आउनेमा काठमाडौँ उपत्यकाको भन्दा पनि उपत्यका बाहिरका नागरिक बढी रहेका उनले जानकारी दिए । कानुनी व्यवस्थालाई निजी अस्पतालले अटेर गरेपछि कामपाले निःशुल्क स्वास्थ्य उपचारसम्बन्धी कार्यविधि, २०८० पास गरेर उक्त व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याएको हो ।

कामपाले कुन अस्पतालमा शय्या उपलब्ध छ ? र कुन सेवा प्राप्त गर्न सकिन्छ ? भनेर विस्तृत विवरण अनलाइनबाटै पाउन सकिनेगरी व्यवस्था गरिसकेको छ । निःशुल्क उपचार सेवा लिएकामध्ये केही निको भएर घर फर्किसकेका छन् भने केही उपचाररत रहेको कामपाले जानकारी दिएको छ । यसरी सेवा लिनेमा नाक, कान, घाँटी र मिर्गौलाका बिरामी बढी रहेका छन् । त्यस्तै दम, क्षयरोग छाती र आँखासम्बन्धी सेवा लिएका बिरामी रहेको पनि श्रेष्ठले जानकारी दिए ।

उपचार लिनका लागि समस्या भए वा थप जानकारी आवश्यक परेमा कामपाको स्वास्थ्य विभागमा वा कामपाको हटलाइन नम्बर ११८० मा सम्पर्क गरेर पनि आवश्यक जानकारी लिन सकिने श्रेष्ठले बताए ।

यसरी लिन सकिन्छ निशुल्क उपचार सेवा

सरकार/प्रदेश सरकार/स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारी गरेको कागजात/परिचयपत्र, त्यस्तै राष्ट्रिय परिचयपत्र/नेपाली नागरिकता प्रमाणपत्र/जन्मदर्ता प्रमाणपत्र प्रतिलिपि र हालसालै खिचिएको फोटो, रोग पहिचान भएमा सोको कागजपत्र, सम्बन्धित स्थानीय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची-४ अनुसारको सर्जमिन गरेको कागज र सम्बन्धित स्थानीय तहको वडा कार्यालयले उपचारको लागि अनुसूची-३ अनुसारको सिफारिस गरेको पत्र आवश्यक पर्ने बताइएको छ । बेवारिसे बिरामीको हकमा आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिब, विपन्न तथा बेवारिसे बिरामीलाई प्रारम्भिक स्वास्थ्योपचार निःशुल्क प्रदान गर्नुपर्नेछ ।

वि.सं.२०८१ जेठ २२ मंगलवार ०७:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने

प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने

गलकोट (बागलुङ) । बागलुङको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगमी आर्थिक...

वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने

वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने

काठमाडौं । वीर अस्पतालमा ब्रेन ट्युमरका विरामीको निःशुल्क शल्यक्रिया गरिने...

कोरोना भाइरसविरुद्धको खोप ल्याइँदै

कोरोना भाइरसविरुद्धको खोप ल्याइँदै

काठमाडौँ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप...

पूर्णखोप पालिका बन्यो जनकनन्दिनी

पूर्णखोप पालिका बन्यो जनकनन्दिनी

जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको...

नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

काठमाडौँ । नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजार चार सय ९८...

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ सङ्क्रामक तर कम घातक

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ सङ्क्रामक तर कम घातक

काठमाडौँ । नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट...