back

पर्यटकको पर्खाइमा राइनो ताल

वि.सं.२०८१ जेठ २५ शुक्रवार

411 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

मुग्लिन (चितवन) । भरतपुर महानगरपालिका-१२ स्थित रामबेल सामुदायिक वनअन्तर्गत रहेको राइनो ताल भरतपुर बजारबाट सबैभन्दा नजिक रहेको ताल हो । बजारबाट नजिकै रहेपनि राइनो तालको प्रचारप्रसार नहुँदा पर्यटकको आगमन भने सोचेजस्तो हुन सकेको छैन ।

भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष लेखराज पन्तका अनुसार दुर्लभ जङ्गली जनावर अवलोकनका लागि यो ताल महत्वपूर्ण मानिन्छ । उनले भने, “गैँडाले पानी खाने ताल भएकाले राइनो ताल भनिएको हो, यहाँ गैँडासँगै विभिन्न प्रजाति चरा, गोही, हरिण, मृग, जरायोलगायतका वन्यजन्तु हेर्न पाइन्छ ।” विशेष गरी दुर्लभ वन्यजन्तुको लागि यो ताल महत्वपूर्ण रहेको उनको भनाइ छ ।

साथै वडाध्यक्ष पन्तले राइनो ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताए । उनले भने, “राइनो ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ, यो भ्रमण वर्षको अवसरमा प्रचारप्रसारलाई अलि अगाडि बढाउन सक्यो भने बिसहजारी ताल र बाटुली पोखरीमा जस्तै पर्यटकको आगमन वृद्धि गर्न सकिन्छ ।”

उनले तालसम्म सडक बाटो ग्राबेल गरिएकाले साना ठूला सबै किसिमको सवारी साधनमा पुग्न सकिने बताए । राइनो तालमा ड्याम निर्माणका साथै वन्यजन्तु अवलोकनका लागि मचान, विश्रामस्थल, शौचालयलगायत विभिन्न भौतिक संचरना पनि निर्माण गरिएको छ ।

रामबेल समुदायिक वनका अध्यक्ष माधव धितालका अनुसार राइनो ताल सात हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो ताल दुई मिटरदेखि साढे पाँच मिटरको गहिराइ रहेको छ । राइनो तालमा सुक्खा मौसममा पनि पानी प्रशस्त हुने भएकाले वन्यजन्तुका लागि महत्वपूर्ण रहेको बताए । उनले भने, “राइनो तालमा सुक्खा मौसममा पनि पानी प्रशस्त रहने भएकाले वन्यजन्तुका लागि महत्वपूर्ण छ, तालमै पानीको स्रोत भएकाले पानी सुक्दैन ।”

यो ताल अवलोकनका लागि मासिक दुई हजारको हाराहारीमा पर्यटक आउने गरेका छन् । भरतपुर भ्रमण वर्ष २०२४ घोषणापछि मात्र यहाँ आउने पर्यटकको रेकर्ड राख्न सुरु गरिएको हो । दुई महिनायाता यहाँ आउने पर्यटकहरुको रेकर्ड राख्न सुरु गरिएको हो । ताल अवलोकन गर्न आउने पर्यटकका लागि रु २० प्रवेश शुल्क लिने गरिएको छ । भरतपुर भ्रमण वर्ष सुरु भएपछि पर्यटक आवागमनका वृद्धि हुँदै गएको वनका अध्यक्ष धितालको भनाइ छ । राइनो ताललाई विसं २०६२ देखि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सुरु गरिएको हो ।
रासस /फाइल फोटो

वि.सं.२०८१ जेठ २५ शुक्रवार १२:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
पालिकाले ३८ वटा विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

पालिकाले ३८ वटा विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

कास्की । माछापुच्छ्रे गाउँपालिकाले ३८ वटा सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा...

अन्नपूर्ण न्युरो अस्पतालले सुरु गर्यो ‘रोबोटिक सर्जरी’ सेवा

अन्नपूर्ण न्युरो अस्पतालले सुरु गर्यो ‘रोबोटिक सर्जरी’ सेवा

काठमाडौँ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरू...

डोल्पामा पिउने पानीको चरम अभाव, महँगोे पानी किनेर खान बाध्य सर्वसाधारण 

डोल्पामा पिउने पानीको चरम अभाव, महँगोे पानी किनेर खान बाध्य सर्वसाधारण 

डोल्पा ।  नदीनाला र मुलको प्रमुख स्रोत भएको जिल्लामै पिउने...

पहिराेले देवीघाट-गल्छी सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

पहिराेले देवीघाट-गल्छी सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

त्रिशूली (नुवाकोट) । अविरल वर्षासँगै खसेको पहिराले गल्छी-रसुवागढी सडक योजनाअन्तर्गतको...

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज शपथ...

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...