back

लघुकथा : भविष्यवाणी

वि.सं.२०८१ जेठ २६ शनिवार

423 

shares
RBB AD
NTC AD

इन्दिरा चापागाईं
सूर्यविनायक न.पा. भक्तपुर

‘होइन, नेपाल देश त खाली देख्छु त के भएको हो ? नेपालका मानिसहरुलाई तिमीहरुले जथाभावी यमलोक ल्यायौ कि के हो?’ दूरबिनले हेर्दै यमराजले यमदूतलाई सोधे ।

‘जसको मिति पुग्यो, उसैलाई लिएर फर्किने गर्छू । दायाँबायाँ गहिरिएर अवलोकन भ्रमण गरेकै छैन । पछिल्लो जनगणनाको तथ्याङ्क हेर्दा त्यहाँको जन्मदर घटेको देखिन्छ , त्यसैले खाली भएको होला प्रभु ।’ यमदुतले जवाफ दिए ।

मर्त्यलोक भ्रमणको क्रममा उनीहरुले राहदानी विभागमा लामो लाइन देखे । त्रिभूवन विमानस्थलमा पनि देश छोड्नेहरूको त्यत्तिकै लामो लाइन थियो । लाइनमा बस्ने पन्चानब्बे प्रतिशत महिला थिए। यो देखेर यमराज छक्क परे ।

‘यति धेरै युवतीहरू, युवा किन थोरै छन् त ?’ यमराजले फेरि सोधे ।

‘सबै युवाहरू खाडी र अन्य राष्ट्रमा गैसके । युवतीहरु मात्र देशमा बाँकी छन् त, उनीहरू नै जानु पर्यो नि होइन र ? यसरी देशका सक्रिय युवायुवतीहरू विदेसिएर पो देश रित्तिदै छ त प्रभु ।’ यमदुतले जवाफ दिए ।

‘उफ ! यस्तै हो भने केही बर्षमा त देश मसानघाट जस्तो बन्ने छ र रेमिट्यान्सले धानेको अर्थतन्त्र पनि गर्ल्यामगुर्लुम्म ढल्ने निश्चित छ ।’ उनीहरूका कुरा सुनिरहेको समयले भविष्यवाणी गर्यो ।

 

वि.सं.२०८१ जेठ २६ शनिवार ०७:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : पत्नी विनाको घर

कविता : पत्नी विनाको घर

कल्पना अधिकारी भट्टराई, काठमाडौं झुक्याएर भइन् तिरोहित प्रिया एक्लो भयो...

सुसेली

सुसेली

डा. ठाकुर मोहन श्रेष्ठ,काठमाडौं  हाम्रा सौरभ सहासिक गोर्खाली साझा गौरब...

कविता : खुम्रे कीराजस्तो

कविता : खुम्रे कीराजस्तो

निम्बतरु, अर्घाखाँची चाहिने जो जिन्दगीमा के छ ? भएभरको सप्पै...

मुक्तक

मुक्तक

लक्ष्मी स्मृति, बिराटनगर १ यता उता घरिघरि नजर तन्काउँदै आउनू...

कविता : मायावी मानव

कविता : मायावी मानव

सुशील रिजाल,कीर्तिपुर, काठमाडौ उर्लिन्छन् मनमा भाव शून्यतामा हराउँछु चुलिन्छन् भावमा...

गजल

गजल

सुधिर थापा, काठमाडौं तिमीसङ्ग मिल्ने न औकात मेरो न केही...