back

सञ्चार नीति ल्याउँदै पालिका

वि.सं.२०८१ जेठ २६ शनिवार

219 

shares
RBB AD
NTC AD

जुम्ला । हिमा गाउँपालिकाले सञ्चार नीति ल्याउने भएको छ । आगामी असार १० गते सञ्चालन हुने १६औँ गाउँसभाबाट सञ्चार नीति ल्याउने गाउँपालिकाले तयारी थालेको हो ।

यहाँका स्थानीय सञ्चारमाध्यमलाई राहतका लागि र आमजनतासम्म सत्यतथ्य सूचना प्रवाह गर्नका लागि गाउँपालिकाले सञ्चार नीति ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । नेपाल सरकारले संविधानमा व्यवस्था गरेअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था भएबमोजिम सञ्चार नीति ल्याउने गाउँ कार्यपालिकाबाट निर्णय भएको छ ।

स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमलाई थप व्यवस्थित र मर्यादित गर्नका लागि आगामी १६औँ गाउँसभाबाट स्वीकृत हुनेगरी सञ्चार नीति ल्याउने निर्णय भएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । सञ्चार नीति तयार गर्नका लागि तीन सदस्य समिति गाउँपालिको तोकेको छ । समितिको संयोजकमा रतनबहादुर रावत तथा सदस्यमा नरसिंह थापा र वीरेन्द्रबहादुर बम रहेका छन् ।

सञ्चार नीति गाउँसभाबाट पारित भइसकेपछि कार्यविधि बनाई सञ्चारमाध्यमको वर्गीकरण गरी सूचना तथा सन्देश प्रसारण एवं प्रकाशनको काम गरिने भएको छ । सञ्चार नीति पारित भई कार्यान्वयन आए यहाँका विशेषगरी स्थानीय सञ्चारमाध्यमलाई सूचना प्रसारण तथा प्रकाशन गर्न सहज हुने गाउँपालिकाले जनाएको छ ।

सञ्चारनीतिलाई प्रथामिकतामा राखेर गाउँसभाबाट पारित भएमा जिल्लाका स्थानीय सञ्चारमाध्यमको विकासका लागि निकै टेवा पुग्ने रेडियो खुला आकाश जुम्लाका स्टेशन प्रबन्धक भीम कंसिगरले जानकारी दिए ।
रासस/फाइल फोटो

वि.सं.२०८१ जेठ २६ शनिवार १५:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एमालेको ११ जिल्लामा अधिवेशन हुन बाँकी

एमालेको ११ जिल्लामा अधिवेशन हुन बाँकी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ जिल्लामा अधिवेशन गर्न...

लहानको आँप ‘ब्राण्डिङ’, गरिँदै, उपभोक्ताले विषादिरहित आँप खान पाउने

लहानको आँप ‘ब्राण्डिङ’, गरिँदै, उपभोक्ताले विषादिरहित आँप खान पाउने

सिरहा । स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले...

बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड, के–के छन् प्राथमिकताका क्षेत्र ?

बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड, के–के छन् प्राथमिकताका क्षेत्र ?

हेटौँडा (मकवापनुर) । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२...

लुम्बिनी प्रदेश्को रु ३८ अर्ब ९६ करोड विनियोजन, यी हुन प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेश्को रु ३८ अर्ब ९६ करोड विनियोजन, यी हुन प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का...

सुदूरपश्चिम प्रदेश सरकारद्वारा रु ३१ अर्ब ६२ करोडको बजेट पेस

सुदूरपश्चिम प्रदेश सरकारद्वारा रु ३१ अर्ब ६२ करोडको बजेट पेस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा...

गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट

गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का...