back

तीस दिने थाई ची छ्वान तालिम सम्पन्न

वि.सं.२०८१ जेठ २६ शनिवार

408 

shares
RBB AD
NTC AD

काठमाडौं । चिनियाँ सांस्कृतिक केन्द्र नेपालले आयोजना गरेको चिनियाँ मार्सल आर्ट थाई ची छ्वान तालिम कक्षा सम्पन्न भएको छ । चिनियाँ सांस्कृतिक केन्द्रले काठमाडौंमा आयोजना गरेको तीस दिने थाई ची छ्वान तालिम कक्षा बिहिबार सम्पन्न भएको हो ।

चिनियाँ सांस्कृतिक केन्द्रले प्रदान गरेको उक्त थाई ची तालिममा करिब २० जना नेपाली प्रशिक्षार्थीले तालिम पुरा गरेका छन् । सुरुवातमा लगभग ५० जना प्रशिक्षार्थी सहभागी भएका थिए । विगत ३० वर्षदेखि थाई ची प्रशिक्षण गर्दै आएका प्रमुख प्रशिक्षक मचा रत्न महर्जन र प्रशिक्षक सन्ध्या महर्जनले तालिम प्रदान गरेका हुन् ।

छोटो समयमा पनि प्रशिक्षार्थीहरुले राम्रोसँग थाई ची सिकेको प्रमुख प्रशिक्षक मचा रत्न महर्जनले बताए । उनले नेपालमा थाई ची (चिनियाँ मार्सल आर्ट) सिक्दा नेपाल र चीनबीच सांस्कृतिक आदान प्रदानसमेत हुने बताए । उनले थाई ची चिनियाँ मार्सल आर्टमात्र नभएर मष्तिस्क, शरीर र गतिका लागि खेलिने योगासमेत भएको बताए ।

त्यसैगरी, प्रशिक्षक सन्ध्या महर्जनले थाई ची कहिले पनि शारीरिक व्यायाम नगरेको व्यक्तिले पनि गर्न सक्ने बताइन् । उनले थाई ची कुनै पनि उमेर समूहका व्यक्तिले गर्न सक्ने बताइन् । उनले भनिन्, ‘ थाई ची चाँही जसले पनि गर्न मिल्छ । यसमा उमेरको कुनै हदबन्दी हुँदैन, बालकदेखि वृद्धसम्मले थाई ची गर्न मिल्छ ।’ उनले थाई ची आफुले आफुलाई बुझ्ने प्रक्रिया भएको बताइन् ।

चिनियाँ सांस्कृतिक केन्द्रले बर्षात्को मौसम सकिएसँगै पुनः थाई ची कक्षा सञ्चालन गर्ने जनाएको छ । केन्द्रले चिनियाँ भाषाका तहगत कक्षाहरु समेत सञ्चालन गर्दै आएको छ । नेपाल र चीनबीच साँस्कृतिक आदान प्रदानमा केन्द्रले मुख्य भूमिका निर्वाह गर्दै आएको छ ।

 

 

वि.सं.२०८१ जेठ २६ शनिवार १८:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
उखु किसानले पाए भुक्तानी

उखु किसानले पाए भुक्तानी

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर...

एकीकृत समाजवादीमा एक लाख ५० हजार सङ्गठित सदस्य

एकीकृत समाजवादीमा एक लाख ५० हजार सङ्गठित सदस्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभर एक लाख...

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान परिवेशले सिर्जित समस्या...

पाथीभरा मुकुमलुङमा १६ लाखभन्दा बढी भेटी सङ्कलन

पाथीभरा मुकुमलुङमा १६ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५०...

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

ललितपुर । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका...

असार ३ गते सोमबार सार्वजनिक विदा

असार ३ गते सोमबार सार्वजनिक विदा

काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक विदा दिने निर्णय...