back

वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने

वि.सं.२०८१ जेठ २७ आइतवार

675 

shares
RBB AD
NTC AD

काठमाडौं । वीर अस्पतालमा ब्रेन ट्युमरका विरामीको निःशुल्क शल्यक्रिया गरिने भएको छ ।

विश्व ब्रेन ट्युमर दिवसको अवसर पारेर अस्पतालले यस्तो सेवा झण्डै एक महिनासम्म निःशुल्क दिने भएको हो ।

विश्व ब्रेन ट्युमर दिवसको अवसर पारेर यहि जेठ २६ गतेदेखि असार १६ गतेसम्म यस्तो सेवा दिन लागिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्र वीर अस्पतालका संस्थापक अध्यक्ष डा राजीब झाले जानकारी दिएका छन् ।

प्रा.डा झाका अनुसार उक्त अवधिभर ब्रेन ट्युमरको शल्यक्रिया गर्दा बिरामीले शुल्क तिर्नु पर्दैैन । विश्व ब्रेन ट्युमर दिवसको अवसर पारेर शनिबार वीर अस्पतालमा भएको एक कार्यक्रममा झण्डै एकमहिनासम्म यस्तो सेवा सुरु गर्न लागिएको जानकारी दिइएको हो ।

‘ब्रेन ट्युमर डे हरेक वर्ष जुन ८ का दिन मनाइन्छ । जेठ २६ देखि असार १६ गतेसम्म वीर अस्पतालमा ब्रेन ट्युमरको उपचारका लागि आउनु हुने बिरामीलाई अप्रेसन शुल्क पूर्णरुपमा छुट गरिएको छ,’ डा. झाले भनेका छन् ।

वरिष्ठ न्युरो सर्जन समेत रहेका प्राडा झाले ब्रेन ट्युमर भएका व्यक्तिहरू, तिनका परिवार तथा समाजमा यो समस्याका बारेमा अझ बढी जानकारी दिने र यस कार्यक्रमबाट प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा उनीहरुलाई सहयोग पुगोस् भनेर यस्तो घोषणा गरिएको जानकारी दिएका छन् ।

विश्वभर हरेक वर्ष ८ जुनलाई विश्व ब्रेन ट्युमर दिवसको रूपमा मनाइने गरेको छ ।

 

 

वि.सं.२०८१ जेठ २७ आइतवार १३:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने

प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने

गलकोट (बागलुङ) । बागलुङको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगमी आर्थिक...

महानगरद्वारा असहाय बिरामीको निःशुल्क उपचार गर्न ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित

महानगरद्वारा असहाय बिरामीको निःशुल्क उपचार गर्न ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क...

कोरोना भाइरसविरुद्धको खोप ल्याइँदै

कोरोना भाइरसविरुद्धको खोप ल्याइँदै

काठमाडौँ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप...

पूर्णखोप पालिका बन्यो जनकनन्दिनी

पूर्णखोप पालिका बन्यो जनकनन्दिनी

जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको...

नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

काठमाडौँ । नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजार चार सय ९८...

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ सङ्क्रामक तर कम घातक

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ सङ्क्रामक तर कम घातक

काठमाडौँ । नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट...