back

ग्रामीण विकास, मोडेल परिवर्तनको खाँचो

वि.सं.२०८१ जेठ २७ आइतवार

1.5K 

shares
RBB AD
NTC AD

तीनै तहका सरकार मिलेर बस्ती निर्माणको ढाचा तत्कालै परिवर्तन गर्नुपर्छ । छरिएका बस्तीलाई एकीकृत गरेर आमूल परिवर्तन सकिन्छ । राज्यले यसमा लगानी नगरी सहजीकरण गरे मात्र पनि पुग्छ । मानिस आफै लगानी गर्छन् । आधारभुत सुबिधा भने प्याकेजमा राज्यले पु¥याउनु पर्नेछ । अहिले छरेर गरेको खर्च भन्दा बढ्ने छैन । शिक्षा, स्वास्थ्य, संचार, खानेपानी यातायात, सुरक्षाको राम्रो प्रबन्ध हुने बित्तिकै मानिस त्यही पुग्छन्

नेपालले जुगौदेखि गाउँ नै गाउँले भरिएको मुलुक भनेर परिचय बनाएको छ । गाउँ नेपालको चिनारी हो । पातला बस्ती, कृषिमा आधारित सरल जीवन, कमजोर बिकास संरचना गाउँका मुख्य बिशेषता हुन् । सहर र बिदेशमा पुगे पनि सङ्कटको बेला गाउँ नै चाहिन्छ भन्ने कुरा भुकम्प, कोरोना महामारी र नाका बन्दि हुँदाको समयले प्रमाणित गर्यो । गाउँहरूले मानिसलाई दुखमा आश्रय दिए । अफ्ठेरो पर्दा ओत दिने गाउँलाई सदा आकर्षक बनाउन सकिन्छ ।

सदियौदेखि गाउँमा एकोहोरो जीवन चलिरहेको छ । कोहिसँग प्रतिस्पर्धा छैन । बाच्ने मुख्य आधार कृषि बाहेक अरू विकल्प कमजोर छ । विश्वव्यापीकरणको बर्तमान युगमा मानिसले परम्परागत कृषिमा भबिस्य नदेख्ने र गाउँ छाडेर सहर पस्ने गर्दा ग्रामीण बस्तीहरू निर्जन हुँदै गएका छन् ।

२०१३ सालदेखिको पञ्च बर्षिय योजनाले समस्याको चुरो पहिचान गर्न सकेन । गाउँ–बस्तिलाई राम्रोसँग सम्बोधन गर्न सकेन । यसको अर्थ यो होइन कि गाउँ बिकासै भएन । त्यसो पनि होइन । बिगतको तुलनामा गाउँमा बिकासका पुर्वाधार (सडक, संचार, विद्युत, खानेपानी) बनेका छन् तर तिनीहरू प्रयोग बिहिन हुने खतरा बढेको छ । राज्यको आजसम्मको लगानी बालुवामा पानी हाले सरह होला भन्ने चिन्ता छ । गाउँहरू रित्तिन छोडेनन; मानिसलाई गाउँमा अड्याउन सकिएन । २०४० को दशकसम्म हिमाल–पहाडका गाउँमा जनसंख्या बढी थियो । अहिले त्यो स्वात्तै घटेर असन्तुलित भएको छ । सक्नेहरू ठूला सहर पसे । अलि नसक्ने क्षेत्रीय सहर पसे । अझ नसक्नेहरू जिल्ला सदरमुकाम र गाउँपालिकाको केन्द्रतिर सरे । जसरी हुन्छ गाउँ छोडे र हिँड्ने चलन बढ्दै गएको छ । गाउँहरू खाली भएका छन् । यसले क्षेत्रगत असन्तुलन पैदा गराएको छ । यो राम्रो होइन । गाउँ नै गाउँले भरिएको चिनारी लोप हुने खतरामा छ ।

अहिले गाउँमा धेरैजसो खेतबारी बाझा छन् । गाउँहरू युवाबिहीन बनेका छन् । पछिल्लो अवस्थामा गाउँमा जन्ती र मलामी पाउन समेत मुस्किल परेको छ । परम्परागत र जिबिकोपार्जन कृषिको उत्पादन भन्दा लागत बढी छ । पातला बस्ती हुनाले सबै ठाउँमा सन्तोषजनक बिकास पुर्याउन सकिएको छैन । बल्ल तल्ल उत्पादन गरेको कृषि उपजले बजार पाउदैन । कृषिलाई आधुनिकीकरण/व्यावसायिकरण गर्न नसक्दा प्रतिफल आउन सकेकेको छैन । कृषि र पशुपालन बाहेकको विकल्प गाउँमा नहुँदा मानिसहरू बस्न चाहेनन् । परम्परागत कृषि भरपर्दो पेशा भएन । परिवर्तनको हुटहुटी हुनेले गाउँ छोडे । अब संघीय, प्रदेश र विशेषत स्थानीय सरकारले युवाहरूमा आशा जगाउन सकेमा उनीहरू फेरि गाउँ फर्किने छन् ।

गाउँमा हरियाली र पहाडी शृंखलाको सुन्दरता बयान गरि साध्य हुदैनँ । लाग्छ स्वर्ग नै यहि हो । तर त्यही स्वर्ग जस्तो गाउँ रित्तिदै छ । दुख, पीडा र अप्ठेरो नपरी मानिसले आफू बसेको गाउँ ठाउँ छोड्दैन । गाउँमा सबैभन्दा खड्केको बिषय भनेको रोजगारी, स्वास्थ्य सुबिधा र शिक्षाको राम्रो प्रबन्ध नहुनु हो । गुणस्तरीय जीबनको खोजिमा गाउँमा विश्वस्त हुन नसक्दा मानिसह? सहर अनि बिदेश पसे ।

गाउँ अथवा पातला बस्तिमा शिक्षा र स्वास्थ्यको राम्रो पहुच पुर्याउन राज्यले अहिलेकै अबस्थामा सक्दैन । गाउँमा रोजगारी दिन सक्दैन । त्यो सत्य हो । त्यसो भए गाउँमा आशा जगाउन सकिँदैन त ? सकिन्छ । गाउँलाई पुनर्जागरण गराउन सकिन्छ तर बिकासको मोडल भने परिवर्तन गर्नु पर्नेछ । त्यो काम गार्हो छैन । राज्यले केही नीति नियममा परिमार्जन गरेर सजिलै गर्न सक्छ । राज्यले व्यापक लगानी पनि गर्नु पर्दैन । अहिले गरेको लगानीले नै काफी हुनेछ तर ढाचा भने परिवर्तन गर्नु पर्नेछ । परम्परागत गाउँका बस्तीलाई रोजगारी र उत्पादनसँग जोड्न सक्दा गाउँ छोड्नेहरू घटने छन् । बरू गाउँ फर्कनेको सङ्ख्या बढ्नेछ । यसले सहरमा हुने कोलाहल घटाई सन्तुलित बिकासलाई सघाउने छ ।

ग्रामीण बिकासका लागि बर्तमानका कार्यशैली परिवर्तनको खाचो छ । अझ मोडेल परिवर्तनको खाचो छ ।
(१) परम्परागत कृषिको रूपान्तरण
(२) पातला बस्तीको एकीकरण
(३)ग्रामीण बित्तिय संस्थाको पुजीलाई उत्पादन र रोजगारीमा प्रयोग ।
यसो गर्न सके गाउँप्रति भरोसा बढ्ने छ । यो गर्न नसकिने काम होइन;गर्न सकिन्छ ।

तीनै तहका सरकार मिलेर बस्ती निर्माणको ढाचा तत्कालै परिवर्तन गर्नुपर्छ । छरिएका बस्तीलाई एकीकृत गरेर आमूल परिवर्तन सकिन्छ । राज्यले यसमा लगानी नगरी सहजीकरण गरे मात्र पनि पुग्छ । मानिस आफै लगानी गर्छन् । आधारभुत सुबिधा भने प्याकेजमा राज्यले पुर्याउनु पर्ने छ । अहिले छरेर गरेको खर्च भन्दा बढ्ने छैन । शिक्षा, स्वास्थ्य, संचार, खानेपानी यातायात, सुरक्षाको राम्रो प्रबन्ध हुने बित्तिकै मानिस त्यही पुग्छन् । राज्यले त्यस्ता ठाउँ पहिचान गरि घडेरी किनाउनु पर्छ । वा बाड्नु पर्छ । सहरमा ४ आना जग्गा किन्न मतिहत्ते गर्नेले त्यहाँ रोपनी किन्ने छन् । हरेक स्थानीय तहमा ग्रामीण सहर वा साना सहर बनाउने योजना ल्याउनु पर्छ । सरकारले सहजीकरण गर्यो भने निजिक्षेत्र आफैले यो काम गर्ने छ । दीर्घकालीन खर्चका हिसाबले राज्यलाई सस्तो पर्छ । घर घर र टोलटोलमा बिकास पुर्याउनु भन्दा एउटा निश्चित केन्द्रमा पुर्याउदा सबैले लाभ लिन सक्छन् । प्राकृतिक प्रकोपको जोखिम (डढेलो, बाढी– पहिरो) स्वात्तै घट्छ । मानिसको जीवन सुरक्षीत हुन्छ । त्यति मात्र होइन; मानिसको जीवन ब्यापक परिवर्तन हुन्छ । मानिसले खोजेको गुणस्तरीय जीवन हो; त्यो पाए भने अ? ठाउँमा भौतारिदैनन । ठूला सहरको कोलाहलमा जादैनन् ।

रित्तिएका गाउँ बस्तीमा आधुनिक र ब्यवसायिक खेती गर्ने वातावरण मिलाउनु पर्छ । परम्परागत कृषिलाई उद्योगमा परिणत गराउनु पर्छ । टुक्रे जग्गालाई ठूला–ठूला चक्लामा परिणत गराई पशुपालन, माछापालन, फलफूल खेती, तरकारीले खेती, दुग्ध ब्यबसाय आदिलाई व्यावसायिक बनाउनु पर्छ । कृषिबाट व्यापक रोजगारी सिर्जना गर्नु पर्छ । कृषिलाई हेपिएको पेशा होइन; आकर्षक पेशा बनाउनु पर्छ । कृषिमा यान्त्रिकरण, उन्नत मल बिउको ब्यवस्था, उत्पादन बिक्रीको भरपर्दो वातावरण, सिचाई र मल खादको ब्यवस्था गरि कृषिलाई प्राथमिकतामा राख्नु पर्छ । कृषि उन्नत हुन सके कोहि कृषि बस्तुको ब्यापर–ब्यवसाय गर्छ्न । कोहि जागिर खान्छ्न । कृषि पर्यटन र पर्या– पर्यटनको बिकास भइ गाउँमा रोजगारीह? सिर्जना हुन्छन् । यसले समाज बिकासलाई गति दिन्छ । जङ्गलको कुल क्षेत्रफल नघट्ने गरि जङ्गलसग खेतीयोग्य जमिन साटफेरको नीति सरकारले ल्याउनु पर्छ । यो गार्हो काम होइन । जङ्गल भनेको भीर–पाखा, भिरालो जता बनाए नि हुन्छ । उर्वर र समथर ठाउँमा खेती गर्ने योजना ल्याउनु पर्छ ।

राजनीतिका गफले देश बन्दैन । गाउँ बन्दैन । आर्थिक क्रान्ति बिना सबै फिक्का हुन्छन् । नेपालले आर्थिक क्रान्ति शुरूवात कृषिबाटै गर्नु पर्छ । त्यो शुरूवात गाउँबाटै गर्नुपर्छ । परिवर्तन सम्भब छ; हामै पालामा ।

हरेक स्थानीय तहहरूले समेत यस्तो योजना बनाउनु पर्छ । कतिपय स्थानियतह रित्तिन पनि सक्छ्न । सबै दूर–दराजमा बिकासका पुर्वाधार पुर्याउनु पर्छ भन्ने छैन । बरू त्यहाँका बस्ती स्थानन्तरण गर्नु पर्छ । त्यस्ता ठाउँमा जङ्गल बनाई पर्या–पर्यटनको बिकास गर्न सकिन्छ । कृषिलाई उन्नत बनाई स्थानिय क्षेत्रमा साना तिना उद्योग खोल्न सकिन्छ । सरकारले सहजीकरण गरिदिदा निजी र सहकारीहरूले यस्ता काम सजिलै गर्न सक्छ्न । पुँजीको खाँचो हुने छैन । सरकारको खर्च भार कम स्वत कम हुन्छ । सरकारको ध्यान सजिलै गर्न सकिने यस्ता कार्यमा गएन । यो नै सबैभन्दा चिन्ताको बिषय हो ।

अप्ठेरो कहि छैन । सबै गर्न सकिने र हुन सक्ने काम हुन् । मात्र सरकारले योजनाको खाका र सो बमोजिमको नीति बनाउनु पर्छ । एक दशक भित्रमा देशलाई कायापलट गर्न सकिन्छ । निराशाले बिदेश गएकाहरू देशमै फर्किने छन् । अझ गाउँमा फर्कने छ्न् । व्यावसायिक कृषिको योजना, नयाँ बस्ति बिकास ढाचाले सबै कुरालाई परिवर्तन गर्न सक्छ । ग्रामीण क्षेत्रमा रोजगारी बढ्ने छ्न् । मुलत रोजगारी नहुदा नै ग्रामीण क्षेत्र रित्तिएको हो । पर्यटन, व्यावसायिक कृषि र उद्योगले रोजगारी सिर्जना गर्ने छन् । मुख्य कुरा बस्ती बिकासको ढाचा परिवर्तन नगरी आधुनिक बिकास हुन सक्दैन । राज्यले एकैपटक नगरि नमुनाको ?पमा कुनै जिल्ला छनौट गरेर परिक्षणको ?पमा यस्तो योजना लागू गर्नुपर्छ । त्यसका राम्रा र नराम्रा प्रभाव मुल्यांकन गरेर अरू परिमार्जन गर्न सकिन्छ । ग्रामीण क्षेत्रका चुनौतीलाई अबसरमा परिणत गर्न सकिन्छ । सम्वृद्धि सहितको गाउँ बनाउन सकिन्छ ।

भिरपाखा, भिरालो सबै ठाउँमा खाद्य बाली लगाउने सोचमा परिवर्तन गरि मौसम र भूगोललाई बिचार गरि फलफूल खेती, जडिबुटी खेती, पशुपालन, मत्स्यपालन, नगदेवालि आदिको व्यावसायिक खेती गर्न सकिन्छ । सामुदायिक बनहरूमा अलैंची, सुठो, बास, निगालो, अम्रिसो खेती गर्न सकिन्छ । जमिनको अभाबलाई त्यसले टार्ने छ । कानुनी झन्झटलाई सरकारले सहजीकरण गर्यो भने परिवर्तन दशकभित्रै सम्भब छ ।

ग्रामीण सहकारीले संकलन गरेको पुजीलाई रोजगारी, उत्पादन र परिवर्तनमा प्रयोग गर्न सकिन्छ । अलमलिएका सहकारीलाई पुजी ब्यवस्थापनमा सहज हुन्छ । ग्रामीण क्षेत्रमा जम्मा भएको ग्रामीण पुजीले गाउँ नै बनाउनु पर्छ; सहर होइन । सहरमा घर– घडेरी, गाडी किन्न ऋण दिने प्रवृत्तिलाई सुधार गरि ब्यवसायिक कृषि, पशुपालन, स्थानीय उधोगको प्रबर्द्धनमा जोडदिने नीति ल्याउनु पर्छ । सबैभन्दा बढी रोजगारी सिर्जनालाई जोड दिनुपर्छ ।

ग्रामीण क्षेत्रमा अति राजनीति छ । त्यो राजनीतिलाई बिकास र परिवर्तनमा लगाउनु पर्छ । घरै पिच्छेका नेता र घरै पिच्छेका कार्यकर्तालाई इलम/काममा प्रोत्साहित गर्नुपर्छ । राजनीतिका गफले देश बन्दैन । गाउँ बन्दैन । आर्थिक क्रान्ति बिना सबै फिक्का हुन्छन् । नेपालले आर्थिक क्रान्ति शुरूवात कृषिबाटै गर्नु पर्छ । त्यो शुरूवात गाउँबाटै गर्नुपर्छ । परिवर्तन सम्भब छ; हामै पालामा । मात्र सोच परिवर्तन गर्नु पर्नेछ ।

(ग्रामिण बिकासमा स्नातकोत्तर बिदुरप्रसाद दाहाल; त्रि. वि. मा कार्यरत छन्)

 

वि.सं.२०८१ जेठ २७ आइतवार १३:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
महामारीका रुपमा फैलिँदै तनाव, यसरी गर्न सकिन्छ व्यवस्थापन !

महामारीका रुपमा फैलिँदै तनाव, यसरी गर्न सकिन्छ व्यवस्थापन !

एलपि भानु शर्मा, काठमाडौँ । विश्वका अनेक प्राणीहरुमध्ये मानव जाति...

यी हुन् धितोपत्र माग सिर्जनाका विकल्प

यी हुन् धितोपत्र माग सिर्जनाका विकल्प

अचुतकुमार ओझा काठमाडौँ । नेपालको धितोपत्र बजार सात प्रदेश, ७७...

शिक्षामा यत्ति काम गरौं त निजी विद्यालय आफै बन्द हुन्छन्

शिक्षामा यत्ति काम गरौं त निजी विद्यालय आफै बन्द हुन्छन्

महँगो पैसा तिर्न कसैलाई रहर हुदैन । सार्वजनिक विद्यालय/ क्याम्पसले...

गणतन्त्रको जनपक्षीय विकासका लागि अर्को आन्दोलनको तयारी गरौं

गणतन्त्रको जनपक्षीय विकासका लागि अर्को आन्दोलनको तयारी गरौं

वरिष्ठ बामपन्थी नेता लोककृष्ण भट्राई लगायत केहि साथीसँगको चिया भेटका...

श्रमिकका सवाल र आगामी बजेट

श्रमिकका सवाल र आगामी बजेट

प्रेमलकुमार खनाल सरकारले संसदको बजेट अधिवेशनमा आगामी आर्थिक बर्षका लागि...

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता

चन्द्रप्रसाद ढकाल औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण...