back

आर्किटेक्ट इञ्जिनियर खोज्दै महानगर

वि.सं.२०८१ जेठ २७ आइतवार

345 

shares
RBB AD
NTC AD

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा करिब पाँच हजारको आवेदन परे पनि आर्किटेक्ट इञ्जिनियरको भने आवश्यक सङ्ख्या नपुगेको जनाएको छ ।

कामपाले गत भदौमा सीप भएका बेरोजगार जनशक्तिलाई श्रम बैङ्कमा आवद्ध हुन माग गरेको सूचनाअनुसार अहिलेसम्म चार हजार सात सय ७० जनाको आवेदन परेको कामपा श्रम बैङ्कका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार आर्किटेक्ट इञ्जिनियरको सङ्ख्या अत्यन्तै कम रहेको छ ।

फोकल पर्सन ठाकुरका अनुसार अहिलेसम्म आर्किटेक्ट इञ्जिनियर थोरैको सङ्ख्यामा आउनुभएकामा आएकामध्ये हधिकांश काममा लागिसकेका छन् । “कामपालाई आर्किटेक्ट इञ्जिनियर तत्कालका लागि १७ जना आवश्यक छ । त्यसका लागि कामपाले पुनः सार्वजनिक सूचना निकालेको छ”, उनले भने, “अन्य कामदारहरु मागभन्दा धेरै आउनुभएको छभने आर्किटेक्ट इञ्जिनियर अत्यन्त न्युन सङ्ख्यामा आउनुभएको छ ।”

कामपाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैङ्क सञ्चालन गर्ने नीति लिएको थियो । सोही अनुसार महानगरले आवेदन माग गरेको थियो । “यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्ने जनशक्तिको सूचीकरण हुनेछ”, फोकल पर्सन ठाकुरले भने ।

श्रम बैङ्कमा आएकामध्येबाट अहिले छ सय छनोट गरी काममा खटाइएको छ । आवश्यकता र मागअनुसार अन्यलाई पनि काममा खटाउने तयारी गरिरहेको कामपाले जनाएको छ । आवेदन दिनेमध्ये सबैभन्दा धेरै सरसफाइको क्षेत्रमा काम गर्ने जनशक्ति रहेको कामपाले जनाएको छ ।

“बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैङ्कमा श्रमिकलाई आवद्ध गराइएको हो”, फोकल पर्सन ठाकुरले भने, “कामपाले तयार गरेको श्रम बैङ्कमा श्रमिकको नाम हुन्छ । जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार, सम्पर्क नम्बर र श्रमिकको ठेगानालगायत विवरण उल्लेख गरिएको हुन्छ ।”

सोही विवरणका आधारमा आवश्यकता परेमा जनशक्ति उपलब्ध गराउन सकिने व्यवस्था छ । चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आफूले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्नेछ । आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । फाराम आफू बसेको वडामा अथवा कामपाको रोजगार सेवा केन्द्रमा बुझाउनुपर्ने छ । श्रम बैङ्कमा आवद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि काठमाडौँमा बसोबास भएको हुनुपर्नेछ ।

वि.सं.२०८१ जेठ २७ आइतवार १४:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उखु किसानले पाए भुक्तानी

उखु किसानले पाए भुक्तानी

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर...

एकीकृत समाजवादीमा एक लाख ५० हजार सङ्गठित सदस्य

एकीकृत समाजवादीमा एक लाख ५० हजार सङ्गठित सदस्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभर एक लाख...

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान परिवेशले सिर्जित समस्या...

पाथीभरा मुकुमलुङमा १६ लाखभन्दा बढी भेटी सङ्कलन

पाथीभरा मुकुमलुङमा १६ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५०...

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

ललितपुर । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका...

असार ३ गते सोमबार सार्वजनिक विदा

असार ३ गते सोमबार सार्वजनिक विदा

काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक विदा दिने निर्णय...