back

अन्तर्राष्ट्रिय समुदायलाई समुद्र बचाउन राष्ट्रसङ्घका प्रमुखको आग्रह

वि.सं.२०८१ जेठ २७ आइतवार

234 

shares
RBB AD
NTC AD

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शनिबार संकटग्रस्त समुद्रलाई बचाउने कदम चाल्न अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेका छन् ।

“समुद्रले पृथ्वीका सबै जीवनलाई जोगाउँछ र बढाउँछ, तर हाम्रो समुद्र सङ्कटमा छ र यसको दोषी हामी हौँ “,महासचिवले हरेक वर्ष जुन ८ मा मनाइने विश्व महासागर दिवसका लागि दिएको सन्देशमा बताए ।

गुटेरेसले “बढ्दो समुद्रलाई उत्प्रेरित गर्ने जलवायु परिवर्तनले साना टापु, विकासोन्मुख राज्यहरू र तटीय जनसङ्ख्याको अस्तित्वलाई खतरा पुर्याउनुका साथै हामी सबैलाई असर गर्ने चरम मौसम घटनाहरू पनि निम्त्याइरहेको छ“, गुटेरेसले बताए ।

उनले समुद्री अम्लीकरणले समुद्री जैविक विविधता र स्थानीय पर्यटनलाई जोखिममा पार्ने र अस्थिर तटीय विकास, अत्यधिक माछा मार्ने, गहिरो समुद्री खानी, अनियन्त्रित प्रदूषण, र प्लास्टिक फोहोरले विश्वभरका समुद्री पारिस्थितिक प्रणालीको विनाश गर्ने जानकारी गराए ।

गुटेरेसले गत वर्ष जुनमा लागू गरिएको समुद्री कानून सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिअन्तर्गतको “राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रहरूको समुद्री जैविक विविधताको संरक्षण र दिगो प्रयोग“ महासन्धीलाई समुद्री शासन सम्बन्धी सबैभन्दा महत्त्वपूर्ण नयाँ सन्धिको रूपमा वर्णन गरेका छन् ।

यस वर्ष हुने “भविष्यको शिखर सम्मेलन“ र अर्को वर्ष फ्रान्समा हुने “संयुक्त राष्ट्र महासागर सम्मेलन“का महत्वपूर्ण अवसरहरूको उल्लेख गर्दै गुटेरेसले सरकार, व्यवसाय, लगानीकर्ता, वैज्ञानिक र समुदायहरूलाई “हाम्रो बहुमूल्य समुद्री र तटीय पारिस्थितिक प्रणालीको पुनर्स्थापना र संरक्षण गर्न सक्ने कार्य गर्न प्रतिबद्ध हुन“ आह्वान गरे । (रासस ÷ सिन्ह्वा)

वि.सं.२०८१ जेठ २७ आइतवार २१:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित

नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित

कानो, नाइजेरिया । बन्दुकधारीहरूको आपराधिक समूहले उत्तरपश्चिमी नाइजेरियाको एउटा गाउँमा...

चीनद्वारा विद्यार्थीका लागि रोजगारी अभियान सञ्चालन

चीनद्वारा विद्यार्थीका लागि रोजगारी अभियान सञ्चालन

बेइजिङ । चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले उच्च...

आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु, १५० बेपत्ता

आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु, १५० बेपत्ता

दुबई । यमनमा दुई सय भन्दा बढी आप्रवासी बोकेको डुङ्गा...

इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा

इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा

राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साता व्यापी इजरायली...

बेलायतमा बेरोजगारी दरमा निरन्तर वृद्धि : आधिकारिक तथ्याङ्क

बेलायतमा बेरोजगारी दरमा निरन्तर वृद्धि : आधिकारिक तथ्याङ्क

लन्डन(बेलायत) । मङ्गलबार प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार बेलायती बेरोजगारी अझै...

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

मस्को(रुस) । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक...