back

आईपीओ निष्कासन गर्ने तयारीमा ट्रष्ट माइक्रो इन्स्योरेन्स

वि.सं.२०८१ जेठ २८ सोमवार

330 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा बोलाएको हो ।

गत जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभा बोलाएको हो । सभा आगामी असार २२ गते कम्पनीको बुटवलस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे देखि शुरु हुनेछ ।

उक्त सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने, सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीलाई छुट्टाइएको शेयरबाट कर्मचारीलाई ५ प्रतिशत शेयर छुट्टाउने गरी प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

यसैगरी, सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, २०८० असार मसान्तसम्मको वासलात,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने तथा सञ्चालक समितिको निर्वाचन तथा स्वतन्त्र विज्ञ सञ्चालको नियुक्तीको प्रस्ताव समेत पारित गर्ने छ ।

ट्रष्ट माइक्रो इन्स्योरेन्स निर्जीवन लघु बीमा कम्पनी हो ।

वि.सं.२०८१ जेठ २८ सोमवार ११:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
आज नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

आज नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

सामान्य अङ्कले बढ्यो नेप्से, १३ अर्ब बढीको कारोबार

सामान्य अङ्कले बढ्यो नेप्से, १३ अर्ब बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको...

साताको पहिलो दिन ६१ अङ्कले बढ्यो नेप्से

साताको पहिलो दिन ६१ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक...

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ...

शेयर बजारमा उछाल, १८ अर्ब बढीको कारोबार

शेयर बजारमा उछाल, १८ अर्ब बढीको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक ५४ अङ्कले बढ्यो

नेप्से परिसूचक ५४ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै...