back

पानी पर्न थालेसँगै बर्खे धान रोप्न सुरु

वि.सं.२०८१ जेठ २८ सोमवार

528 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

लमजुङ । यहाँ यतिबेला असार अगावै बर्खे धान रोप्न सुरु भएको छ । पानी पर्न थालेसँगै एक हप्ता अघिदेखि लमजुङमा धानको रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत विजयराज पौडेलका अनुसार जिल्लाको राइनास नगरपालिका, मध्यनेपाल नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाको बेँसीका फाँटमा धान रोप्न सुरु गरिएको हो । यसबाहेक पनि जिल्लाका अधिकांश ठाउँमा धान रोपाइँको तयारी भइरहेको उनको भनाइ छ ।

मस्र्याङ्दी वडा नं ५ घेर्मुका किसानले केही दिनअघिदेखि घेर्मुफाँटमा धान रोप्न सुरु गरेको किसान काम सार्की गुरुङले बताए । लमजुङमै सबैभन्दा पहिले धान रोप्ने कार्य सुरु गरिने ठाउँ भनेर घेर्मुलाई चिनिन्छ । चिसो ठाउँ भएकाले र प्रशस्त पानीको सुविधा भएकाले धान रोपाइँ सुरु गरेको स्थानीय बबिता घलेले बताए ।

सो वडाका वडाध्यक्ष लेखमान गुरुङले वडाका फाँटहरुमा केही दिनअघिदेखि धमाधम धान रोपाइँ भइरहेको बताए । विगतका वर्षमा ‘हाइब्रिड’ धान धेरै लगाउने गरे पनि गत वर्षदेखि स्थानीय जातको धानलार्ई प्राथमिकतामा दिँदै स्थानीय जातको धान घेर्मुफाँटमा लगाउन थालेको किसानहरुले बताएका छन् ।

जिल्लाका ठूला-ठूला फाँट राइनासटार, धमिलिकुवा, भलाखर्क, चक्रतीर्थ, रामचोकबेँसी, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, परेवाडाँडा, सुन्दरबजार, सत्रसयलगायत स्थानमा रोपाइँ हुने तयारीमा रहेको किसानले बताएका छन् । किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या-२, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्रलगायत उन्नत जातका धानका साथै लोकनाथ, गोरखनाथ, युएस–३१२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतका हाइब्रिड जातका धान लगाउँदै आएका छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा करिब १० हजार हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिँदै आएको छ । किसानहरुले पानी कम हुने ठाउँमा भने सुक्खा-१, सुक्खा-२, सुक्खा-३ लगाउने गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ छिटो सुरु भएको र पानी पर्याप्त भएमा चाँडै रोपाइँ सकिने केन्द्रले जनाएको छ । यतिबेला धान रोपाइँका लागि किसानहरु व्यस्त हुन थालेको बताइएको छ ।
रासस फाइल फोटो

वि.सं.२०८१ जेठ २८ सोमवार १५:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडाेँ  । स्थानीय बजारमा सुन र चाँदी दुबैको मूल्य ह्वात्तै...

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

त्रिवेणी (रुकुमपश्चिम) । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार...

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी...

नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नेपाली दूतावास, मस्कटको आयोजनामा नेपालमा निर्यात, व्यापार, लगानी,...

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०÷८१ मा रु आठ...

नेपाली मूलका कार्की एलमिडा काउन्टीको आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त

नेपाली मूलका कार्की एलमिडा काउन्टीको आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त

विजय थापा, अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको एलमिडा काउन्टीको आवास...