back

राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीले सोच्नुपर्ने बेला आएको छः नेता डा कोइराला

वि.सं.२०८१ जेठ २८ सोमवार

339 

shares
RBB AD
NTC AD

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरुले सोच्नुपर्ने बेला आएको बताएका छन् । नेपाली कांग्रेसका पूर्वउपसभापति, पूर्वउपप्रधानमन्त्री, प्रजातान्त्रिक योद्दा शैलजा आचार्यको १५औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले पटक–पटक सरकार फेरिने प्रवृत्तिले मुलुकको निरन्तर विकासमा समस्या भएको बताए ।

“जहाँ राजनीतिक स्थिरता हुँदैन, त्यहाँ विकास पनि हुन सक्दैन, राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरुले सोच्नुपर्ने बेला आएको छ, अहिले राजनीतिक स्थायित्व छैन, आर्थिक विकास हुन सक्ने अवस्थामा छैन, सुशासन दिने अवस्था छैन”, उनले भने ।

नेता डा कोइरालाले विपी कोइराला र शैलजा आचार्यलाई सम्झेर काम गरेर अगाडि बढेमात्र कांग्रेसलाई पुरानो अवस्थामा फर्काउन सकिने बताए । उनले आचार्य साहसीक व्यक्तित्वको धनी भएको उल्लेख गरे ।
त्यस अवसरमा कांग्रेस नेता डा शशाङ्क कोइरालाले नेत्री शैलजा आचार्य पार्टीभित्र हिम्मत र साहसी महिला भएको बताए । उनले देश विकासका लागि स्व आचार्यको योगदान महत्वपूर्ण भएको उल्लेख समेत गरे । पार्टीभित्र शैलजा आचार्यको योगदानलाई जुन तरिकाले सम्बोधन गर्नुपर्ने हो त्यो हुन नसकेको उनको भनाइ थियो ।

कांग्रेस नेता डा मीनेन्द्र रिजालले पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउनका लागि शैलजा आचार्यको महत्वपूर्ण योगदान रहेको उल्लेख गेरे । पूर्वमन्त्री डा रिजालले सबैसँग उत्तिकै सम्बन्ध राख्न सक्न निडर महिला नेत्री शैलजा भएको बताए । पार्टीलाई एकतावद्ध बनाएर अगाडि लैजानका लागि शैलजाले गरेको योगदान अविस्मरणीय रहेको डा रिजालले बताए ।

कांग्रेस नेता एवम् पूर्वमन्त्री महेश आचार्यले विपी कोइरालाको विचारलाई आम जनमानसमा पुर्याउन शैलजाको महत्वपूर्ण भूमिका रहेको स्मरण गरे । विपी विचारको उत्तराधिकारीका रुपमा शैलजालाई लिनुपर्ने उनको भनाइ थियो । उनले कांग्रेसमा नीति, नेतृत्व र नैतिकताको सङ्कट देखिन थालेको उल्लेख गरे ।

नेपाल सरकारका पूर्वमुख्यसचिव डा विमल कोइरालाले निष्ठा, इमान र लगनको त्रिवेणी शैलजा आचार्यमा भएको बताए । “शैलजा आचार्य जलस्रोत मन्त्री हुँदा साना जलविद्युत् आयोजनालाई अगाडि बढाउने नीति लिनुभएको थियो, जसका कारण अहिले हामीले जलविद्युत्मा फड्को मार्न सकेका छौँ”, उनले भने ।

शैलजा आचार्य आदर्श समाजकी अध्यक्ष दुर्गा घिमिरेले शैलजा आचार्यको निष्ठा र आदर्शलाई देशव्यापी रुपमा फैलाउन आवश्यक रहेको उल्लेख गरिन् । शैलजा आचार्य स्मृति पोलिक्लिनिक कलेजका प्राचार्य सन्तबहादुर अधिकारीले शैलजा आचार्यको सम्झनामा ग्रामीण भेगमा सीपमुलक तालिम प्रदान गरी आयआर्जनसँग जोड्दै अगाडि बढ्दै गएको बताए ।

 

वि.सं.२०८१ जेठ २८ सोमवार १९:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लुम्बिनी प्रदेश्को रु ३८ अर्ब ९६ करोड विनियोजन, यी हुन प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेश्को रु ३८ अर्ब ९६ करोड विनियोजन, यी हुन प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का...

सुदूरपश्चिम प्रदेश सरकारद्वारा रु ३१ अर्ब ६२ करोडको बजेट पेस

सुदूरपश्चिम प्रदेश सरकारद्वारा रु ३१ अर्ब ६२ करोडको बजेट पेस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा...

गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट

गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का...

उखु किसानले पाए भुक्तानी

उखु किसानले पाए भुक्तानी

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर...

एकीकृत समाजवादीमा एक लाख ५० हजार सङ्गठित सदस्य

एकीकृत समाजवादीमा एक लाख ५० हजार सङ्गठित सदस्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभर एक लाख...

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान परिवेशले सिर्जित समस्या...