back

लुम्बिनीसहित तीन प्रदेशका केही स्थानमा हावा हुरीको सम्भावना !

वि.सं.२०८१ जेठ २९ मंगलवार

693 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, लुम्बिनि प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

त्यसैगरी, राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वि.सं.२०८१ जेठ २९ मंगलवार ०८:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडाेँ  । स्थानीय बजारमा सुन र चाँदी दुबैको मूल्य ह्वात्तै...

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

त्रिवेणी (रुकुमपश्चिम) । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार...

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी...

नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नेपाली दूतावास, मस्कटको आयोजनामा नेपालमा निर्यात, व्यापार, लगानी,...

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०÷८१ मा रु आठ...

नेपाली मूलका कार्की एलमिडा काउन्टीको आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त

नेपाली मूलका कार्की एलमिडा काउन्टीको आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त

विजय थापा, अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको एलमिडा काउन्टीको आवास...