back

आज प्रतिनिधीसभाको बैठक बस्दै, विनियोजन विधेयकको विभिन्न शीर्षकमा छलफल हुने

वि.सं.२०८१ जेठ २९ मंगलवार

105 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौं । आज प्रतिनिधीसभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरे राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रकोव्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । साथै बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची समेत रहेको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल हुने बताइएको छ । छलफलमा सांसद् प्रेम सुवालले“विनियोजन विधये क, २०८१ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यसैगरी, सांसद् डा. अमरेश कुमार सिंहले“विनियोजन विधये क, २०८१ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने र सांसद् पुष्पबहादुर शाहले “विनियोजन विधयेक, २०८१ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने र सांसद् बद्रीप्रसाद पाण्डले “विनियोजन विधेयक, २०८१ अन्र्तगत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, सांसद रमा कोइराला पौड्यालले “विनियोजन विधेयक, २०८१ अन्र्तगत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने र सांसद् संजय कुमार गौतमले “विनियोजन विधेयक, २०८१ अन्र्तगत कृषि तथा पशुपंक्षी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैंठकमा विनियोजन विधेयक, २०८१को विभिन्न शीर्षकहरुमाथि हुने छलफल अन्तर्गत (क) युवा तथा खेलकुद, (ख) शिक्षा, विज्ञान तथा प्रविधि, (ग) श्रम, रोजगार तथा सामाजिक सुरक्षा र (घ) कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने सचिवालयले जनाएको छ ।

 

 

 

वि.सं.२०८१ जेठ २९ मंगलवार ०९:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सघाउने

नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सघाउने

काठमाडौँ । नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले...

एम्बुलेन्समा अब एउटै रङ, साइरन र अन्य सङ्केत एउटै हुनुपर्ने

एम्बुलेन्समा अब एउटै रङ, साइरन र अन्य सङ्केत एउटै हुनुपर्ने

काठमाडौँ । सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा...

डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्रीको भनाई

डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्रीको भनाई

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेङ्गुबाट कसैले पनि...

तीनसय चारमध्ये मदन पुरस्कारका लागि  छानिय यी पाँच कृति

तीनसय चारमध्ये मदन पुरस्कारका लागि छानिय यी पाँच कृति

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि...

निर्माण व्यवसायीको मागप्रति सरकार सकारात्मक छ : उपप्रधानमन्त्री सिंह

निर्माण व्यवसायीको मागप्रति सरकार सकारात्मक छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण...