back

मध्य तथा पश्चिमी तराईमा अत्याधिक गर्मी, सतर्कता अपनाउन अनुरोध

वि.सं.२०८१ जेठ २९ मंगलवार

636 

shares
RBB AD
NTC AD

काठमाडौं । हाल देशैभरीको तापक्रममा उच्च वृद्दि भएकाले जनजीवन प्रभावित बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार आगामी केहीदिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

‘तसर्थ, ती भू–भागहरूमा आगामी ३ दिन (२०८१ जेठ २९ गते देखि २०८१ जेठ ३१ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकोले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’ महाशाखाद्वारा जारी सूचनामा उल्लेखछ ।

यी हुन् तातो हवाका असरहरु
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध छ ।

तातो हवाबाट बच्न के गर्ने
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी भ्हउयकभ नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध छ ।

सबैभन्दा बढी तापक्रम धनगढीको
महाशाखाका अनुसार आज सबैभन्दा बढी तापक्रम नेपालगन्जको रहेको छ । आज धनगढीको तापक्रम ४४ डिग्री रहेको छ भने नेपालगन्जको ४३.६, विरेन्द्रनगरको ४०.९ दिपायलको ४०.७, घोराहीको ३९.६, भैरहवाको तापक्रम ३९.८, काठमााडौंको ३४.४ डिग्री सेल्सियस रहेको छ ।

Observations2024-06-11 08:45 NPT

Station Maximum Temp.*
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal 40.7 24.1 0.0
Dadeldhura 31.4 20.0 0.0
Dhangadi 44.0 27.9 0.0
Birendranagar 40.9 24.5 0.0
Nepalgunj 43.6 28.2 0.0
Jumla 30.8 16.1 0.0
Ghorahi 39.6 27.3 0.0
Pokhara 33.4 23.8 8.5
Bhairahawa 39.8 29.4 0.0
Simara 37.5 28.2 0.0
Kathmandu 34.4 21.0 0.0
Okhaldhunga 26.2 18.7 0.0
Taplejung 26.7 19.4 6.0
Dhankuta 29.5 21.5 0.0
Biratnagar 33.6 27.0 0.0
Janakpur 37.0 28.8 0.0
* The maximum temp. as recorded yesterday afternoo

 

वि.सं.२०८१ जेठ २९ मंगलवार १२:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान परिवेशले सिर्जित समस्या...

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

ललितपुर । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका...

असार ३ गते सोमबार सार्वजनिक विदा

असार ३ गते सोमबार सार्वजनिक विदा

काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक विदा दिने निर्णय...

दक्षिण अफ्रिकाद्वारा नेपाललाई जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत

दक्षिण अफ्रिकाद्वारा नेपाललाई जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा...

‘ठूलो वर्षा भएमा मेलम्चीको खानेपानी बन्द गरिने’

‘ठूलो वर्षा भएमा मेलम्चीको खानेपानी बन्द गरिने’

काठमाडौँ । मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची...

सांसदहरुद्वारा विपद्को पूर्व तयारी र राष्ट्रिय परिचयपत्र अनिवार्यबारे सरकारको ध्यानाकर्षण

सांसदहरुद्वारा विपद्को पूर्व तयारी र राष्ट्रिय परिचयपत्र अनिवार्यबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभामा सांसदहरुले विपद्को पूर्व तयारी गर्न र सामाजिक...