back

आई.एम.ई. लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ २९ मंगलवार

318 

shares
RBB AD
NTC AD

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा जेठ २८ गते सोमबार काठमाडौंको नक्साल स्थित आम्रपाली ब्यांकेटमा सम्पन्न भएको हो ।

उक्त सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० को एनएफआरएस बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र त्यससम्बन्धित अनुसूचि सहितको वित्तीय विवरण उपर छलफल गरी सर्वसम्म्तिबाट पारित गरेको कम्पनीले जनाएको छ ।

सभाले आ.व. २०८०/०८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस भई आए बमोजिम क्।ब्।च्। ब्ककयअष्बतभक लाई वाह्य लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक समेत पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजी ४ अर्बको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ ।

सभामा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पदमा रबिन कुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् । सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकनको प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीका अनुसार बोनस शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु पाँच अर्व कायम भई हाल कायम कम्पनीको पूँजी संरचना परिवर्तन हुने भएकोले कम्पनीको प्रबन्ध-पत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । साथै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको गत पुस ४ गते बसेको सञ्चालक समितिको १८०औं बैठकले सञ्चालक समितिमा रिक्त रहेको संस्थापक शेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थापक शेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ति गरेकोमा सो नियुक्ति अनुमोदन गरेको कम्पनीले जनाएको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) बमोजिम कम्पनीको आर्थिक वर्ष २०७९/०८०मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गरेको छ ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवा प्रति निरन्तर प्रतिबद्ध रहने कुरा बताए ।

सभाको अन्त्यमा सभाका अध्यक्षले कम्पनीकोे उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने शेयरधनीहरु, नियामक निकायहरु, समस्त बीमितहरु, बैंक तथा वित्तीय संस्थाहरु, पुनर्बीमा कम्पनीहरु, कर्मचारीहरु, अभिकर्ताहरु तथा सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै सभा विर्सजन गरे ।

 

 

वि.सं.२०८१ जेठ २९ मंगलवार १३:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
२४ औं वर्षमा प्रवेश गर्‍यो आइएमई

२४ औं वर्षमा प्रवेश गर्‍यो आइएमई

काठमाडौं । रेमिटेन्स कम्पनी ‘आइएमई’ले स्थापनाको २३ वर्ष पूरा भएको...

आईपीओ निष्कासन गर्ने तयारीमा ट्रष्ट माइक्रो इन्स्योरेन्स

आईपीओ निष्कासन गर्ने तयारीमा ट्रष्ट माइक्रो इन्स्योरेन्स

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी...

आई.एम.ई.लाइफका ग्राहक तथा अभिकर्ताहरुलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

आई.एम.ई.लाइफका ग्राहक तथा अभिकर्ताहरुलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित...

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८०...

जोखिममा आधारित नियमनकारी व्यवस्था सम्बन्धी अन्तरक्रिया एवम् छलफल

जोखिममा आधारित नियमनकारी व्यवस्था सम्बन्धी अन्तरक्रिया एवम् छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जोखिममा आधारित नियमनकारी व्यवस्था सम्बन्धी...

हकप्रद शेयर निष्कासन गर्दै यूनाइटेड अजोड

हकप्रद शेयर निष्कासन गर्दै यूनाइटेड अजोड

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने भएको...