back

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

वि.सं.२०८१ जेठ २९ मंगलवार

501 

shares
RBB AD
NTC AD

मस्को(रुस) । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रूसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।

सुखोई-३४ जेट पाहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएकाले जमिनमा कुनै क्षति नभएको एक विज्ञप्तिमा भनिएको छ ।

प्रारम्भिक अनुसन्धान बाट प्राविधिक समस्याका कारण दुर्घटना भएको आकलन गरिएको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान सुरु गरेको बताइएको छ ।

पूर्व सोभियत जर्जियाको सिमानामा रहेको उत्तर ओसेटिया युक्रेनको फ्रन्ट लाइनबाट करिब आठ सय किलोमिटर टाढा छ ।

जुन-८ मा, क्षेत्रीय अधिकारीहरूले युक्रेनले मोजडोक सहर नजिकैको सैन्य हवाई क्षेत्रलाई ड्रोनले लक्षित गरेको तर तीमध्ये तिनलाई गोली हानेर खसालेको बताए । फब्रअरी २०२२ मा युक्रेन विरुद्ध रुसले सुरु गरेको विशेष सैन्य कारबाहीपछि उत्तरी ओसेटियामा भएको यो पहिलो आक्रमण हो ।
एएफपी/फाइल फाेटाे

वि.सं.२०८१ जेठ २९ मंगलवार १४:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उखु किसानले पाए भुक्तानी

उखु किसानले पाए भुक्तानी

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर...

एकीकृत समाजवादीमा एक लाख ५० हजार सङ्गठित सदस्य

एकीकृत समाजवादीमा एक लाख ५० हजार सङ्गठित सदस्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभर एक लाख...

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान परिवेशले सिर्जित समस्या...

पाथीभरा मुकुमलुङमा १६ लाखभन्दा बढी भेटी सङ्कलन

पाथीभरा मुकुमलुङमा १६ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५०...

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

ललितपुर । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका...

असार ३ गते सोमबार सार्वजनिक विदा

असार ३ गते सोमबार सार्वजनिक विदा

काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक विदा दिने निर्णय...