back

इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा

वि.सं.२०८१ जेठ २९ मंगलवार

264 

shares
RBB AD
NTC AD

राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साता व्यापी इजरायली बन्धक उद्धार अभियानमा ठुलो सङ्ख्यामा नागरिक हताहत भएकोमा निन्दा गरेको उनका प्रवक्ताले बताएका छन् ।

महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति चरम दुःख व्यक्त गर्दै अपरेसनको सन्दर्भमा सयौँ प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै सयौँ घाइते भएकोमा निन्दा गरेको प्रवक्ता स्टेफन डुजारिकले स्पष्ट पार्नु पारेका छन् ।
मानविय जीवनमा हानि एउटा त्रासदी भएको जनाउदै सबै पक्षलाई द्वन्द्वको प्रभाव भोगिरहेका नागरिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय कानुन अन्तर्गत सबैले आ–आफ्नोे दायित्व पालना गर्ने डुजारिकले दैनिक प्रेस ब्रीफिंगमा उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घका मानवीय अभियानका लागि पुनः सक्षमताको आवश्यकता औँलाउदै उनले विश्व निकायले तत्काल युद्धविराम, मानवीय कार्यमा पूर्ण, निर्वाध पहुँच र बन्धकको रिहाइको लागि आह्वान गरिरहेको बताए ।

इजरायली सेनाले शनिबार मध्यगाजाको नुसिरात शरणार्थी शिविरबाट चार जना बन्धकलाई उद्धार गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य अधिकारीका अनुसार उक्त कारबाहीमा दुई सय ७४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै छ सय ९८ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसङ्ले चार जना बन्धक मुक्त भई प्रियजनसँग पुनर्मिलन भएको खबरलाई स्वागत गर्दछ । गुटेरेसले सबै बाँकी बन्धकको तत्काल र बिना शर्त रिहाइको लागि आह्वान गरिरहेको डुजारिकले जनाए । (रासस÷सिन्ह्वा)

 

वि.सं.२०८१ जेठ २९ मंगलवार १७:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित

नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित

कानो, नाइजेरिया । बन्दुकधारीहरूको आपराधिक समूहले उत्तरपश्चिमी नाइजेरियाको एउटा गाउँमा...

चीनद्वारा विद्यार्थीका लागि रोजगारी अभियान सञ्चालन

चीनद्वारा विद्यार्थीका लागि रोजगारी अभियान सञ्चालन

बेइजिङ । चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले उच्च...

आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु, १५० बेपत्ता

आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु, १५० बेपत्ता

दुबई । यमनमा दुई सय भन्दा बढी आप्रवासी बोकेको डुङ्गा...

बेलायतमा बेरोजगारी दरमा निरन्तर वृद्धि : आधिकारिक तथ्याङ्क

बेलायतमा बेरोजगारी दरमा निरन्तर वृद्धि : आधिकारिक तथ्याङ्क

लन्डन(बेलायत) । मङ्गलबार प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार बेलायती बेरोजगारी अझै...

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

मस्को(रुस) । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक...

फ्रान्समा मध्यावधि निर्वाचनको घोषणा

फ्रान्समा मध्यावधि निर्वाचनको घोषणा

ब्रसेल्स ।युरोपेली सङ्घ (ईयू) को चुनावमा अति राष्ट्रवादी (दक्षिणपन्थी) समूहको...