back

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

वि.सं.२०८१ जेठ ३० बुधवार

381 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

अमेरिका । अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) को २८ औ साधारणसभा सम्पन भएको छ ।

अमेरिकाको शिकागोमा जुन ७ र ९ मा सम्पन्न अमेरिका नेपालसाधारण सभाले अध्यक्षमा विष्णु सापकोटालाई चयन गरेको छ ।

गत जुन ७ देखि खेलकुद तथा भेटघाटसहित प्रारम्भ भएको २८ औ बार्षिक साधारणको औपचारिक उदघाटन जुन ८ शनिबारका दिन गरिएको थियो भने जुन ९ आइतबार नयाँ कार्यकारी समितिको बैठकको आयोजना गर्दै सम्पन्न भएको हो ।
स्थापना काल देखि नै मातृभूमिको लागि आर्थिक सहयोग भन्ने मूल उद्धेश्य राखेको संस्थाले कोष वृद्धि अर्थात् गाला (नाइट) रात्रीको कार्यक्र गरी झण्डै १ लाख ७१ हजार डलर अर्थात् २ करोड २८ लाख नेपाली रुपैया संकलन गरेको हो ।

कोष वृद्धि अर्थात् गाला (नाइट )रात्रीको कार्यक्रम लगत्तै मंगोलियन हर्टका प्रख्यात गायक राजुलामाले बेजोड प्रस्तुति गर्दा चिकित्सकहरुले भरपुर मनोरंजन गर्दै हरेक गीतमा झुमेका थिए ।
चिकित्सकहरुले गीतको लागि फर्माइस समेत गरेका थिए । राजु लामाले कम्तिमा आफ्ना कालजयी १ दर्जन गीतहरु प्रस्तुत गरेका थिए ।

चिकित्सकहरुले लामाको आफ्नै सामाजिक संस्थालाई समेत प्रस्तुति गर्दा गरे सहयोग गरेका थिए ।
गीत गाउदै गर्दा बीच बीचमा उनलाई प्रदान गरिने रकमको घोषणा गरिएको थियो । लामाको प्रस्तुति गर्दै गर्दा उनका दुई जना बिद्यालय अध्ययन गर्दाका साथीहरु समेत अमेरिकामा चिकित्सक पेशामा रहेको बताए र उनिहरुको परिचय गराएका थिए ।

शनिबार आयोजना गरिएको औपचारिक कार्यक्रमको उदघाटन मार्भिन ए ब्रस्टिन तथा एएनएमएफका पूर्व अध्यक्ष जनक कोइरालले गरेका थिए। औपचारिक कार्यक्रममा सभाका सभापति विकाश भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष बिनोद खडकाले धन्यवाद ज्ञापन राखेका थिए।

यसैगरि स्विकृति वास्कोटाले नेपालका राष्ट्रपतिको शुभकामना सन्देश पढेर सुनाएकी थिईन् । एएनएफएका सचिव नारायण न्यौपाने तथा कोषाध्यक्ष कल्पना श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समुदघाटन लगतै पछि विष्णु सापकोटाले प्रश्न उत्तरको सत्र प्रारम्भ गरेका थिए भने एएनएमएफ नेपालकी अघ्यक्ष सककगीता बस्नेतले एएनएफएममा कसरी प्रवेश गर्न सकिन्छ र यस्को लागि के के योग्यता चाहिन्छ लगायतमा चर्चा गरिन ।

त्यस्तै सन्तोष सापकोटाको नेतृत्वमा रहेको समिती सदस्यहरुले परियोजनाको बारेमा गतिबिधी तथा प्रगति बारेमा जानकारी दिएका थिए । यसैगरि एएनएमएका अध्यक्ष राजेश पोखरेलले केही आफ्ना कुराहरु राखेका थिए । दामोदर पौडेल तथा प्रिती अधिकारीले आफ्नो परियोजना बारेमा चर्चा गरेका थिए।

कर्णाली एकाडेमी अफ हेल्थ साइन्सका उपकुलपति डा मंगल रावलले आफ्नो सककस्थाको बारेमा विस्तृत जानकारी गराएका थिए । प्रमुख वक्ता कुल चन्द्र गौतमले केही महत्वपूर्ण कुराहरु राख्दै एएनएफएमलाई मौका दिेएकोमा धन्यवाद दिएका थिए ।

उदघाटन पछिको छलफलमा नेपालबाट स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. छोप लाल भुसाल, नेपाल चिकित्सक संघका अध्यक्ष अनिल बिक्रम कार्की, नेसनल एकाडेमी अफ हेल्थ साइन्सका उपकुलपति भुपेन्द्र कु वस्नेत, एनएचआरसिका सदस्य सचिव डा प्रमोद जोशी तथा अमेरिका नेपाल मेडिकल फाउन्डेसन नेपालकी अध्यक्ष प्रा डा सककगीता वस्नेत कोइरालालगायतका वक्ताहरु सहभागी भएका थिए ।

कार्यक्रम संचालन एएनएमएफका अध्यक्ष विनोद खडका तथा पूर्वअध्यक्ष भुपेश खडकाले संयुक्त रुपमा गरेका थिए ।
दोश्रो चरणमा थुप्रै बैज्ञानिक सत्रको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा कर्णाली एकाडेमी अफ हेल्थ साइन्सका उपकुलपति डा मंगल रावलको समेत प्रस्तुति रहेको थियो ।

यस्तै बिश्वमै सबैभन्दा पहिले कोभिड–१९ को खोप लिने सामाजिक संजालका चर्चित चिकित्सक रामु खरेलले समेतले नेपालमा उनको परियोजनाको प्रस्तुति गरेका थिए ।

बैज्ञानिक सत्र समापनपछि गाला रात्रिको शुभारम्भ गर्दै राजु लामाले प्रस्तुति दिएका थिए ।

सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति
एएनएमएफको २०२४ –२०२५ को लागि नयाँ निर्वाचित समितिमा अध्यक्ष पदमा विष्णु सापकोटा, उपाध्यक्षमा नारायण न्यौपाने, सचिवमा नविन कैनी,सह–सचिव विकाश भट्टराई ,कोषाध्यक्षमा कल्पना श्रेष्ठ तथा निवर्तमान अध्यक्षमा विनोद खडका निर्वाचित भएको समेत घोषणा गरिएको थियो ।

निवर्तमान अध्यक्ष बिनोद खड्काले सम्मेलनमा उपस्थित सबैलाई बिशेष धन्यबाद दिएका छन् भने नवनिर्वाचित अध्यक्ष बिष्णु सापकोटाले यस्तै निरन्तर साथ र सहयोगको अपेक्षा सहित अर्को सालको २९ औ साधारण सभामा भेट्ने बाचा गरे ।

 

वि.सं.२०८१ जेठ ३० बुधवार १२:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जय कँडेल

प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जय कँडेल

लिस्बन । नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम अधिवेशनले सञ्जयभक्त...

भानु जयन्तीको अवसरमा ओमानमा सचेतना कार्यक्रम

भानु जयन्तीको अवसरमा ओमानमा सचेतना कार्यक्रम

शालिकराम आर्चाय, ओमान । भानु जयन्तीको अवसरमा ओमानमा सचेतना कार्यक्रमको...

बेइजिङ प्लसमा दलित महिलाका मुद्दा उठाउन जरुरी

बेइजिङ प्लसमा दलित महिलाका मुद्दा उठाउन जरुरी

काठमाडौँ । अन्तर लैङ्गिक सहभागितालाई विश्व महिला सम्मेलन ‘बेइजिङ प्लस’...

अनेसास निर्वाचनका लागि पर्यवेक्षक समिति गठन

अनेसास निर्वाचनका लागि पर्यवेक्षक समिति गठन

काठमाडौं । अन्त्तर्राष्ट्रिय नेपाली साहित्य समाजको २०२४–२०२६ को कार्यसमिति निर्वाचनका...

सेसेल्समा हरितालिका तीज मनाइँदै

सेसेल्समा हरितालिका तीज मनाइँदै

सेसेल्स । गैरआवासीय नेपाली संघ सेसेल्सको आयोजनामा सेसेल्समा हरितालिका तीज...

बैध कागजातको अभावमा धेरै नेपाली मलेसियाको जेलमा

बैध कागजातको अभावमा धेरै नेपाली मलेसियाको जेलमा

काठमाडौँ । वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली आप्रवासी श्रमिक...