back

नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित

वि.सं.२०८१ जेठ ३० बुधवार

237 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

कानो, नाइजेरिया । बन्दुकधारीहरूको आपराधिक समूहले उत्तरपश्चिमी नाइजेरियाको एउटा गाउँमा आक्रमण गरी चार प्रहरीसहित २६ जनाको हत्या गरेका र दर्जनौंलाई अपहरण गरेको छ ।

“लुटेराहरूले आइतवार गिदान बोका गाउँमा आक्रमण गरी २६ जनाको हत्या गरेका र दर्जनौं बासिन्दाहरूलाई अपहरण गरेका छन् । यसमा अधिकांश महिला र बालबालिका छन्,” काङ्कारा जिल्लाका राजनीतिक प्रशासक अनस इसाले एएफपीलाई बताए । अपहरणमा परेकाहरुको सङ्ख्या पत्ता लगाउन आफ्नो कार्यालयले काम गरिरहेको इसाले बताए ।

कात्सिना प्रहरीले सोमबार ढिलो एक विज्ञप्ति जारी गर्दै आक्रमणको पुष्टि गरेको छ ।

“सशस्त्र डाकुहरूले गिदान बोका गाउँमा आक्रमण गरको र १५ जना व्यक्तिको मृत्यु र दुई जना घाइत भएको,“ प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अपराधीहरूले भाग्ने क्रममा नजिकैको नकवाबो गाउँका पाँच जना बासिन्दालाई पनि गोली हानेर हत्या गरेका थिए ।

राष्ट्रपति बोला अहमद टिनुबुले एक विज्ञप्तिमा, ‘भयानक र भयावह’ आक्रमणको निन्दा गरेका छन् । सशस्त्र समूहविरुद्ध अझै धेरै कारबाही गरिने उनले बताए ।

भारी हतियारधारी गिरोहहरूद्वारा आङ्कित कट्सिना उत्तरपश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक हो । यहाँ आपराधिक गिरोहले फिरौतीको लागि सामूहिक अपहरणका साथै घरहरू जलाउने र लुट्ने काम गर्छन् ।

जाम्फारा, कात्सिना, कादुना र नाइजर राज्यहरूमा फैलिएको विशाल जङ्गलमा शिविरहरू राख्ने गिरोहहरूले पछिल्ला केही वर्षमा विद्यालयबाट विद्यार्थीहरूलाई अपहरण गरेका घटनाहरू समाचारमा आएका छन् ।

डाकुले भर्खरै विशेष गरी कात्सिना र जाम्फारा राज्यहरूमा आक्रमणहरू बढाएका छन् ।
एएफपी/फाइल फोटो

वि.सं.२०८१ जेठ ३० बुधवार ११:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
बंगलादेशबाट दुईसय बढी विद्यार्थी सकुशल  स्वदेश फर्किए

बंगलादेशबाट दुईसय बढी विद्यार्थी सकुशल स्वदेश फर्किए

झापा । बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको...

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वास

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको...

लोकतन्त्रलाई सुदृढ बनाएर लैजान सङ्कल्प गरौँः माधव नेपाल

लोकतन्त्रलाई सुदृढ बनाएर लैजान सङ्कल्प गरौँः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्का : रवि लामिछाने

भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्का : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका...

बदनियतपूर्ण ढङ्गले संविधान संशोधनको विषय आयो : वर्षमान पुन

बदनियतपूर्ण ढङ्गले संविधान संशोधनको विषय आयो : वर्षमान पुन

काठमाडौँ । निवर्तमान अर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

जनताको चाहनालाई सम्बोधन गर्ने लक्ष्य छ : गोकर्णराज विष्ट

जनताको चाहनालाई सम्बोधन गर्ने लक्ष्य छ : गोकर्णराज विष्ट

काठमाडौँ । नेकपा (एमाले) का सांसद गोकर्णराज विष्टले मुलुकले भोगेको...