back

मन्त्री भण्डारी र बेलायती राजदूत फेनबीच भेटवार्ता

वि.सं.२०८१ जेठ ३० बुधवार

270 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्दप्रसाद भट्टले जानकारी दिए । उनले राजदूतसँगको भेटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रका साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीको ठोस प्रयास हुने विश्वास व्यक्त गरे ।

मन्त्री भण्डारीले भने, “नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ, त्यसपश्चात्को केही वर्षका लागि अति कम विकसित मुलुकलाई प्रदान गरिएको सुविधाको निरन्तरताका लागि पहल गरिदिन पनि आग्रह गर्दछु ।”

उनले नेपालको उत्पादनशील क्षमता विकास गरी निर्यात अभिवृद्धि गर्न उद्योग तथा निर्यात व्यापार लक्षित प्राविधिक सहायता विस्तारका लागिसमेत भेटमा अनुरोध गरे । मन्त्री भण्डारीले भने, “अन्तरआबद्धता, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्धलगायत क्षेत्रमा बेलायत सरकारसँग साझेदारी विस्तारमा नेपाल प्रतिबद्ध छ, हामी उद्योग, जलविद्युत् र शिक्षा क्षेत्रको विकासमा बेलायतको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ ।”

भेटमा राजदूत फेनले नेपालको निजी क्षेत्रको विकास बेलायतको प्राथमिकतामा रहेको जनाउँदै नेपाल सरकारसँग नजिक भएर काम गर्न इच्छुक रहेको धारणा राखे । उनले भेटमा नेपाली नियार्तलाई प्रवर्द्धन गर्न सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । राजदूत फेनले बेलायत खुला अर्थतन्त्रको पक्षपाती मुलुक भएको जनाउँदै नेपाल र विश्व बजारका बीचमा आफूले सेतुको भूमिका खेल्ने बताए ।

वि.सं.२०८१ जेठ ३० बुधवार १३:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज शपथ...

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सघाउने

नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सघाउने

काठमाडौँ । नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले...

एम्बुलेन्समा अब एउटै रङ, साइरन र अन्य सङ्केत एउटै हुनुपर्ने

एम्बुलेन्समा अब एउटै रङ, साइरन र अन्य सङ्केत एउटै हुनुपर्ने

काठमाडौँ । सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा...

डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्रीको भनाई

डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्रीको भनाई

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेङ्गुबाट कसैले पनि...

तीनसय चारमध्ये मदन पुरस्कारका लागि  छानिय यी पाँच कृति

तीनसय चारमध्ये मदन पुरस्कारका लागि छानिय यी पाँच कृति

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि...