back

प्रभु बैंकको ३०३औँ शाखा देहीमाण्डौंमा

वि.सं.२०८१ जेठ ३० बुधवार

423 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज जेठ ३० देखि दशरथचन्द नगरपालिका,वडा नं.२ स्थित देहीमाण्डौंमा आप्mनो ३०३ औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको जनाएको छ । बैंकको यस अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले विश्वास लिएको छ ।

बैंकको देहीमाण्डौं शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

वि.सं.२०८१ जेठ ३० बुधवार १५:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशियाको आग्रह

स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशियाको आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एनएमबि बैंकद्वारा आकर्षक ब्याजदरमा घर कर्जा घोषणा

एनएमबि बैंकद्वारा आकर्षक ब्याजदरमा घर कर्जा घोषणा

काठमाडौं । एनएमबि बैंकले आकर्षक ब्याजदरमा घर कर्जा घोषणा गरेको...

ग्लोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालमा विशेष छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालमा विशेष छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...