back

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

वि.सं.२०८१ जेठ ३० बुधवार

351 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल बैङ्क लिमिटेडको दशौँ केन्द्रीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा गरी आठवटा सरकार २३ पटक परिवर्तन भएको बताए ।

वरिष्ठ नेता कोइरालाले भने, “राजनीति वा सरकारको स्थिरता नभई आर्थिक स्थिरता र सुशासनसँगै समृद्धि हासिल गर्न सकिँदन ।” मुलुकमा सुशासन र स्थायित्व कायम गर्न भ्रष्टाचार न्यूनीकरण, स्थायी सरकार र नीति आवश्यक पर्ने उनको भनाइ छ ।

वरिष्ठ नेता डा कोइरालाले राजनीतिक दल विभाजन गर्ने र नेतालाई दुःख दिने नियतले आपराधिक किसिमका कार्य भइरहेकाले राजनीतिक दलले यस विषयमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले भने, “कांग्रेस अहिले विपक्षमा रहेकाले प्रमुख प्रतिपक्षको भूमिका खेलिरहेको छ । सरकारमा जान हामीलाई कुनै हतार छैन ।”

सुशासन, पारदर्शिता र भ्रष्टाचारका विषय छिनोफानो नभई देश विकास र समृद्धितर्फ जान नसक्ने बताउँदै वरिष्ठ नेता कोइरालाले राजनीतिक स्थिरताका लागि अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीबारे समेत पुनःविचार गर्न आवश्यक रहेको धारणा राखे ।

उनले सरकारी र निजी क्षेत्रको स्वामित्वको अवधारणामा रहेर सञ्चालित, युवापुस्ता र महिला कर्मचारीको उदाहरणीय उपस्थिति रहेको देशको सबैभन्दा पुरानो नेपाल बैङ्क लिमिटेडको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले केही वर्षअघिसम्म पुरानो ढर्राबाट सञ्चालित नेपाल बैङ्क लिमिटेडले पछिलो समय अत्याधुनिक र समयसापेक्ष प्रविधिसहित सेवा प्रवाहलाई चुस्त र दुरुस्त तुल्याउन सफल भएको प्रतिक्रिया दिनुभयो ।

सांसद सरिता प्रसाईंले मुलुकको लोकतन्त्र स्थापनामा वित्तीय सङ्घ÷संस्थालगायत क्षेत्रमा कार्यरत कर्मचारीको योगदान रहेका घटना सुनाउँदै बैङ्कमा पुरानाको अनुभव र नयाँको उत्साहलाई संयोजन गरी सेवाप्रवाहलाई सरल, सहज र सुलभ तुल्याउन आवश्यक रहेको बताउनुभयो ।

बैङ्कका महाप्रबन्धक तिलकराज पाण्डेले जनविश्वासका कारण बैङ्कको पूँजी रु १८ अर्ब रहेको, निक्षेप सङ्कलन रु दुई सय ७० अर्ब पुगेको तथा रु दुई तीन अर्ब लगानी पुगेको जानकारी दिनुभयो ।

आयोजक संस्था नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष जीवराज ढकाल, महासचिव सुरेन्द्र विष्टलगायत विभिन्न ट्रेड युनियनका प्रमुख एवं पदाधिकारीले राष्ट्रिय पूँजी निर्माण गर्न र बैङ्कको संरक्षण गर्न युनियनले प्रतिपक्षका रुपमा खबरदारी गरिरहेको बताउनुभयो ।

बैङ्कको निक्षेप बढे पनि लगानीको अवस्था कमजोर रहेको बताउँदै उहाँहरुले स्थिरता र समृद्धिका लागि राजनीति नभई अर्थनीति पनि सुदृढ हुन आवश्यक रहेको धारणा राख्नुभयो । अधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्वक चयन गर्नेछ ।
–––

 

वि.सं.२०८१ जेठ ३० बुधवार १७:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
दश दिनपछि बेनी-दरबाङ सडक सञ्चालनमा

दश दिनपछि बेनी-दरबाङ सडक सञ्चालनमा

गलेश्वर (म्याग्दी) । अवरुद्ध बेनी-दरवाङ सडक दश दिनपछि खुलेको छ...

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ...

क्यान्सर अस्पतालका लेखा अधिकृत कोइराला घुससहित पक्राउ

क्यान्सर अस्पतालका लेखा अधिकृत कोइराला घुससहित पक्राउ

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत...

बंगलादेशबाट दुईसय बढी विद्यार्थी सकुशल  स्वदेश फर्किए

बंगलादेशबाट दुईसय बढी विद्यार्थी सकुशल स्वदेश फर्किए

झापा । बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको...

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वास

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको...

लोकतन्त्रलाई सुदृढ बनाएर लैजान सङ्कल्प गरौँः माधव नेपाल

लोकतन्त्रलाई सुदृढ बनाएर लैजान सङ्कल्प गरौँः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...