back

कार दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

वि.सं.२०८१ जेठ ३१ बिहीवार

225 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौं । रुपन्देहीको बुटवलमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

गएराति साढे आठ बजे बुटवल-१३ नुवाकोटगढी भ्युटावर नजिकै कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा स्याङ्जाको पुलतीबजार घर भइ बुटवल-१० बस्ने कार चालक रामप्रसाद शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३का आशका श्रेष्ठ र तिलोत्तमा–३ कै भगवती श्रेष्ठ रहेकी छन् । साथै घाइते हुनेमा बुटवल– ९ मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल–११की लक्ष्मीता श्रेष्ठ रहेकी छन् ।

प्रहरीका अनुसार घाइतेद्वयको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरु खतरामुक्त छन् ।

भ्युटावर क्षेत्र घुमेर बुटवल फर्कँदै गरेको लु २ च ८५३१ नम्बरको कार ओरालो सडकबाट भिरहुँदै करिब एकसय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
फाइल फोटो

वि.सं.२०८१ जेठ ३१ बिहीवार ०८:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
क्यान्सर अस्पतालका लेखा अधिकृत कोइराला घुससहित पक्राउ

क्यान्सर अस्पतालका लेखा अधिकृत कोइराला घुससहित पक्राउ

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत...

बंगलादेशबाट दुईसय बढी विद्यार्थी सकुशल  स्वदेश फर्किए

बंगलादेशबाट दुईसय बढी विद्यार्थी सकुशल स्वदेश फर्किए

झापा । बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको...

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वास

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको...

लोकतन्त्रलाई सुदृढ बनाएर लैजान सङ्कल्प गरौँः माधव नेपाल

लोकतन्त्रलाई सुदृढ बनाएर लैजान सङ्कल्प गरौँः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्का : रवि लामिछाने

भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्का : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका...

बदनियतपूर्ण ढङ्गले संविधान संशोधनको विषय आयो : वर्षमान पुन

बदनियतपूर्ण ढङ्गले संविधान संशोधनको विषय आयो : वर्षमान पुन

काठमाडौँ । निवर्तमान अर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...