back

अबिरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभामा तीन घर बगायो, एक जना घाइते

वि.सं.२०८१ जेठ ३१ बिहीवार

411 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

किमाथाङ्का, (सङ्खुवासभा) । सङ्खुवासभाको खाँदबारी नगरपालिका-११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् ।

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको उनले बताए ।

पहिरोले घर बगाएर विस्थापित भएपछि उहाँहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहनुभएको निमित्त प्रहरी प्रमुख लामिछानेले बताउनुभयो । उहाँका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन् ।

खाँदबारी–४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएका वडा नं ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए । चिचिला गाउँपालिकाको वडा नं १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ । जिल्लामा बाढी पहिरोले के-कति क्षति भयो भन्ने विवरण सङ्कलन भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताए ।

पहिरोले उत्तर-दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ । कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तरदक्षिण कोशी सडक आयोजनाले जनाएको छ । यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडकखण्डमा पर्दछ ।

निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण करिब रु एक करोडको क्षति भएको सडक कार्यालयले जनाएको छ ।
रासस फाइल फोटो

वि.सं.२०८१ जेठ ३१ बिहीवार १२:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
दश दिनपछि बेनी-दरबाङ सडक सञ्चालनमा

दश दिनपछि बेनी-दरबाङ सडक सञ्चालनमा

गलेश्वर (म्याग्दी) । अवरुद्ध बेनी-दरवाङ सडक दश दिनपछि खुलेको छ...

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ...

क्यान्सर अस्पतालका लेखा अधिकृत कोइराला घुससहित पक्राउ

क्यान्सर अस्पतालका लेखा अधिकृत कोइराला घुससहित पक्राउ

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत...

बंगलादेशबाट दुईसय बढी विद्यार्थी सकुशल  स्वदेश फर्किए

बंगलादेशबाट दुईसय बढी विद्यार्थी सकुशल स्वदेश फर्किए

झापा । बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको...

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वास

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको...

लोकतन्त्रलाई सुदृढ बनाएर लैजान सङ्कल्प गरौँः माधव नेपाल

लोकतन्त्रलाई सुदृढ बनाएर लैजान सङ्कल्प गरौँः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...