back

बाढीले पुल बगाएपछि ताप्लेजुङमा सडक अवरुद्ध

वि.सं.२०८१ जेठ ३१ बिहीवार

333 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको हो ।

बाढीले फक्ताङलुङ गाउँपालिकामा पर्ने सिसवा खोला, तावा खोला र सिस्ने खोलामा रहेका पुल बगाएको स्थानीय सुसन लिम्बूले जानकारी दिए । तावा खोलामा रहेको बेलिब्रिज र काठबाट निर्मित मोटरेवल पुल बाढीले बाढीले बगाएको हो । सो स्थानमा बुधबार रातभर वर्षा भएको थियो ।

बाढीले पुल बगाएपछि फक्ताङलुङ गाउँपालिकाको केन्द्र रहेको तापेथोकसहितका क्षेत्रमा सडक अवरुद्ध भएको छ । त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । सिसावा खोलामा आज बिहान आएको बाढीले तमोर नदी केहीबेर थुनिएको थियो । अहिले नदीको पानी निकास भइरहेको छ । सो क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पानी थुनिएकोभन्दा तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । ताप्लेजुङमा अधिकांस क्षेत्रमा बुधबार रातभर वर्षा भएको थियो । वर्षाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढेको छ । केही ठाउँमा पहिराले अलैँचीसहितका बालीनालीमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

वि.सं.२०८१ जेठ ३१ बिहीवार १४:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
अन्नपूर्ण न्युरो अस्पतालले सुरु गर्यो ‘रोबोटिक सर्जरी’ सेवा

अन्नपूर्ण न्युरो अस्पतालले सुरु गर्यो ‘रोबोटिक सर्जरी’ सेवा

काठमाडौँ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरू...

डोल्पामा पिउने पानीको चरम अभाव, महँगोे पानी किनेर खान बाध्य सर्वसाधारण 

डोल्पामा पिउने पानीको चरम अभाव, महँगोे पानी किनेर खान बाध्य सर्वसाधारण 

डोल्पा ।  नदीनाला र मुलको प्रमुख स्रोत भएको जिल्लामै पिउने...

पहिराेले देवीघाट-गल्छी सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

पहिराेले देवीघाट-गल्छी सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

त्रिशूली (नुवाकोट) । अविरल वर्षासँगै खसेको पहिराले गल्छी-रसुवागढी सडक योजनाअन्तर्गतको...

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज शपथ...

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सघाउने

नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सघाउने

काठमाडौँ । नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले...