back

बैंकरको ठहर: ऋण पुनर्संरचनाको सुविधा आवश्यक छैन 

वि.सं.२०८१ असार २ आइतवार

276 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले करिब डेढ वर्षदेखि व्यवसायी बैंकर दुवैका लागि ऋण पुनर्संरचनाको सुविधा दिँदै आएको थियो । अर्थतन्त्र मन्दीउन्मुख रहेको तथा समष्टिगत माग घटेर आर्थिक गतिविधि कमजोर भएको बेलामा राष्ट्र बैङ्कले यस्तो सुविधा दिएको थियो ।

चैत मसान्तसम्म पुनर्तालिकीकरण/पुनर्संरचना गरिएको ऋणमध्ये ९० प्रतिशत खराब नजिक पुगेको छ । करिब डेढ वर्षदेखि दिँदै आएको सुविधा चैत मसान्तमा सकिएको छ । राष्ट्र बैङ्कले सधैँभरि खराब ऋणलाई पर सार्न सकिँदैन भनेर यो सुविधा खारेज गरेको हो । जसमा एकाधबाहेक सबैजसो बैंकरको समर्थन छ ।

राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहँदा उद्यमी, व्यवसायी र व्यापारिक वर्गबाट पुनः ऋण पुनर्संरचनाको माग भएको छ । आर्थिक गतिविधि अझै पनि शिथिल अवस्थामा रहेको भन्दै उद्योगी व्यवसायीबाट ऋण पुनर्संरचनाको माग आएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले आर्थिक गतिविधिमा सुस्तताका कारण किस्ता तिर्न सक्ने अवस्था नरहेकाले ऋण पुनर्संरचनाको माग गरेको बताए ।

श्रेष्ठले माग बढ्न नसकेकाले व्यापार निकै सङ्कुचित अवस्थामा रहेको भन्दै सावाँ र किस्ता तिर्न समस्या हुने सुनाए । तर, वाणिज्य बैङ्कका प्रमुखहरूले भने उद्यमीको मागमा राष्ट्र बैङ्क लचक भएमा बैङ्किङमा थप दबाब पर्ने भन्दै अब सुविधा थप्न नहुने सुझाव दिए ।

राष्ट्र बैङ्कले चालु वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामा पाकेको ब्याजको १० प्रतिशत मात्रै तिरे पनि ऋण पुनर्संरचना गर्न पाइने सुविधा दिएको थियो । यो सुविधाको धेरैले दुरुपयोग गरेको ठहर छ ।

सुविधाको दुरुपयोग हुँदा एकातिर बैङ्कहरूको पुँजी कोषमा दबाब पर्यो भने अर्कातिर ५ प्रतिशत नोक्सानी व्यवस्थापन गर्नुपर्ने हुँदा खर्च बढेर गयो ।

कतिपय बैंकरका अनुसार अबको एक/दुई वर्ष बैङ्किङमा ठूलो सुधार हुँदैन । त्यसो हुँदा यो समस्यालाई अवसरका रुपमा लिएर बिग्रिएका ऋणहरुको सम्पूर्ण रुपमा नोक्सानी व्यवस्थापन गरेर जानु उपयुक्त हुन्छ । उनले पुनर्संरचनाको सुविधा दिँदा बैंकरलाई नतिजा देखाउने दबाब हुने र पैसा हुनेले पनि बैंकको ऋण नर्फाउने बताए ।

आगामी मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैङ्कले अहिले सरोकारवालाहरुसँग राय सुझाव लिइरहेको छ । औपचारिक/अनौपचारिक रुपमा राय सुझाव दिनेहरुले ऋण पुनर्संरचनाका बारेमा कुरा गरिरहेका छन् ।

वि.सं.२०८१ असार २ आइतवार १२:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशियाको आग्रह

स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशियाको आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एनएमबि बैंकद्वारा आकर्षक ब्याजदरमा घर कर्जा घोषणा

एनएमबि बैंकद्वारा आकर्षक ब्याजदरमा घर कर्जा घोषणा

काठमाडौं । एनएमबि बैंकले आकर्षक ब्याजदरमा घर कर्जा घोषणा गरेको...

ग्लोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालमा विशेष छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालमा विशेष छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...