back
CTIZAN AD

झापामा बस र टिपर ठोक्किँदा २१ घाइते, तीनको अवस्था गम्भीर 

वि.सं.२०८१ असार ४ मंगलवार

996 

shares

झापा । झापाको कमल गाउँपालिकामा बस र टिपर एकापसमा ठोक्किँदा २१ यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल-४ मा मङ्गलवार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ३ ख २१६६ न.को टिपर र विपरीत दिशातर्फबाट जाँदै गरेको को १ ख ५०८७ न.को यात्रुवाहक बस एकापसमा ठक्कर खाएर दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा परी बसमा सवार २१ जना  यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले जानकारी दिए । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरू दमकस्थित दमक रिसर्च सेन्टर अस्पताल र लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

अवस्था गम्भीर रहेकालाई दमकमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल र विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रवक्ता चन्दले जानकारी दिए ।

बस चालक उदयपुरको त्रियुगा नगरपालिका-३ का ४५ वर्षीय अशोक बोट र टिपर चालक धनुषाको गणेशमान नगरपालिका–५ का ३४ वर्षीय शेरबहादुर राईलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

वि.सं.२०८१ असार ४ मंगलवार ११:३७ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...