विजय थापा । अमेरिकाको ५० वटा राज्यका राजधानी ७ वटा महादेशसहित बिश्वका ३० वटा भन्दा ज्यादा देशहरुमा पुगी गल्फ खेलेका डिसी महानगर क्षेत्रका बिनोद(बेन) थापाले मेरो गल्फ यात्रा नामक अद्भुत पुस्तक प्रकाशित गरेका छन् । जसलाई उनले माई गल्फ जर्नी नाम दिएका छन् ।
काठमाडौँ बालुवाटार निवासी बिनोद (बेन) थापा करिव साढे तीनदशक अगाडी अमेरिका आएका हुन् । अमेरिकामै आई उच्च शिक्षा हासिल गरेका उनी आईटीका दक्ष व्यक्ति हुन् । र, उनी अमेरिकाकै प्रतिष्ठित कम्पनीमा उच्च ओहदामा कार्यरत छन् ।
सन् १९८९ मा अमेरिका आएका उनी मातृभूमिलाई औधि माया गर्छन् । उनलाई गल्फ बाहेक अन्य खेलप्रति पनि त्यतिकै रुचि रहेको छ । नेपालमा किशोर अवस्था हुँदा उनको मनपर्ने खेल बक्सिङ्ग थियो । खेल ज्यादै मन पराउने उनी स्वयम् मुक्केबाज प िनबने । प्रतियोगितामा भाग पनि लिए तर त्यसलाई स्थायी भने बनाएनन् । किनभने उनलाई सपनाको देश तथा अवसरको देश अमेरिकाले चुम्बकले ताने झैँ तानेपछि उनि १९८९ मा अमेरिका अवतरण गरेका हुन् ।
अमेरिका आएको ४ बर्षपछि उनको गल्फ खेलमा रुचि बढ्यो जुन उनले पुस्तकको प्रारम्भमा मेरो गल्फ यात्रामा उल्लेख गरेका छन् । त्यसपछि उनी अविरल रुपमा गल्फ खेलमा लागेको लागै गरे ।
परिणामस्वरुप उनी अहिले डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको साउथ राइडिङ्ग शहरमा हुने प्रतियोगितामा धेरै पटक बिजेता बने । उनी साउथ राइडिङ्ग गल्फ क्लबका सदस्यको साथै यस क्लबका अत्यन्तै क्रियाशील सदस्य पनि हुन् । उनले नै ९ बर्ष अगाडी उक्त क्लबमा आयोजना हुने फ्राईडे नाइट लिग ल्याएर अहिलेसम्म निरन्तर संचालन गरि रहेका छन् ।
यसरी अमेरिकाको ५० वटा राज्यका राजधानी, ७ वटा महादेशसहित बिश्वका ३० वटा भन्दा ज्यादा देशहरुमा खेल खेल्ने नेपाली मूलका सम्भवत उनी पहिलो नेपाली अमेरिकी हुन् ।
त्यति मात्र हैन उनको अद्वितीय र अद्भुत गल्फ यात्राले उनलाई बिश्व किर्तिमानीमा मात्र सीमित नगराई उनलाई अझ उचाईमा पुर्याउन सक्ने छ ।
पुस्तक अहिले एमाजोनमा बिक्रीको लागि अग्रिम रुपमा खरिद गर्न सकिने छ । उनको माई गल्फ जर्नी (मेरो गल्फ यात्रा)को मूल्य २९ डलर ९९ सेन्ट राखिएको छ ।
उनले पुस्तकको बारेमा भनेका छन्
सन् १९९३ मा थापा पहिलोपटक गल्फ क्लब गएका थिए । काठमाडौं, नेपालमा हुर्केका उनी सानै उमेरदेखि देशभरि बस(सार्वजनिक यातायात )मा यात्रा गर्थे । बेन सधैं घुम्न र संसारको खोजीमा रमाइलो गर्थे । गल्फ खेल क्षेत्रमा प्रवेश गरेपछि उनले अमेरिका र विश्वभरका प्रत्येक महाद्वीपमा हरेक राजधानीमा गल्फ खेल्ने प्रतिबद्धता जनाए ।
उक्त प्रतिबद्धतापछि उनको सपना ३१ बर्षपछि साकार भएकोमा उनी खुसी छन् ।
उनले यो पुस्तक आफ्ना कथाहरू मात्र नभई उनीहरूका कुराहरू पनि शेयर (साझा) गर्न र यसले आगामी वर्षहरूमा उनको गल्फ यात्रा जारी राख्न कसरी प्रेरित गरेको छ भन्दै यो पुस्तक लेखेको उल्लेख गरेका छन् ।
को हुन् विनोद (बेन) थापा ?
विनोद (बेन) थापा एक शौकीन गल्फर र विश्वयात्री हुन् जसले सिस्टम इन्जिनियरिङ (प्रणाली अभियन्त्रणा) मा २५ वर्षभन्दा बढी समयदेखि काम गरेका छन् ।
नेपाली मूलका बेन थापा सधैं घुमफिर गर्न रमाइलो मान्दछन । बेनले पहिलोपटक पारिवारिक बिदामा गल्फ खेल्दा माया पाएको पुस्तकमा उल्लेख गरेका छन् ।
उनले प्रत्येक अमेरिका ५० वटै राज्यको राजधानीमा गल्फ खेलका छन् । उनले भ्रमण गरेका ४५ मध्ये ३१ देशहरूमा र सबै ७ महादेशहरूमा गल्फ खेलेका छन् । बेन आफ्नी श्रीमती र छोराछोरीहरूसँग साउथ राइडिङ्ग मै बसोबास गर्छन ।
साथै गल्फ खेल बाहेक उनि अमेरिकी फुटबल, बास्केटबल, बेसबल पनि त्यतिकै मन पराउछ्न । उनले नेपालको यात्रा बारे तथा अन्य बिषयमा लेखेका लेखहरु वाशिंगटन पोष्टमा पनि प्रकाशित भएका छन् । उनी गल्फ र ट्राभल्स (यात्रा)सम्बन्धी ब्लग पनि लेख्छन् ।
वि.सं.२०८१ असार ४ मंगलवार ११:४० मा प्रकाशित






























